हावाहुरीका कारण बारामा कम्तीमा २७ को मृत्यु

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बारामा हावाहुरीले इँटा भट्टाको चिम्नी भत्किँदा ३ जनाको मृत्यु भएको थियो भने गुड्दै गरेको गाडी पल्टाउँदा २ जनाको मृत्यु भएको थियो ।

केन्द्रले गराएको पछिल्लो जानकारी अनुसार बारामा मात्रै २६ जनाको मृत्यु भएको छ भने ६१२ जना घाइते भएका छन् । त्यसमध्ये २७० जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने ३४२ जनाको उपचार भइरहेको छ । ३०४ जना वीरगन्ज र ३८ जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ

हावाहुरीका कारण वीरगन्जमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । अहिले पनि उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको डीआईजी पालले जानकारी दिए । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलसमेत अनियन्त्रित भएका थिए ।

कलैयामा ईटा उद्योगका चिम्नी भत्किँदा कैयौँ घाइते भएका छन् । घाइतेको अहिले वीरगन्ज अस्पतालमा उपचार भइरहेको छ ।  वीरगन्जमा ३०४ जनाको उपचार जारी रहेकाले त्यहाँ रगतको अभाव भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस