कैलालीमा तीन बर्षीया छोरीलाई किन हत्या गरे

कैलालीमा तीन बर्षीया छोरीको हत्या गरी एकजना बाबुले आत्महत्या गरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गराइ छोरी अनुुष्काको हत्या गरेपछि आफूले पनि उक्त विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आइतबार राती बिष सेवन गरेका रामबहादुरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा निधन भएको प्रहरीले जनाएको छ।

उनले तीन वर्षीय छोरी अनुष्कालाई सल्पास खुवाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए। गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कोठामै झुन्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए।

छुटेको झन्डै डेढ महिनापछि उनले नाबालक छोरीलाई बिष सेबन गराई आफूले पनि आत्महत्याा गरेका हुन्। आत्महत्याको घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।

अदालतको फैसलामा सुसाइट नोट लेखेर उनले आत्महत्या गरेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस