रुकुममा ८ किलो २ सय ग्राम अफिम सहित २ जना पक्राउ

ठुलो मात्रामा अवैध लागु औषध अफिम सहित २ जना पक्राउ परेका छन् । रुकुम  जिल्लाको भुमे गाउँपालिका ५ बालुवा बजारबाट ८ किलो २ सय ग्राम अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ८ गराली कोलबोटका २६ वर्षीय जीवन भन्ने सुशन बोहरा र सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोट घर भई हाल भुमे गाउँपालिका वडा नं. ५ बालुवा वस्ने ४८ वर्षीय यज्ञवहादुर खत्री रहेका छन् ।

बालुवामा रहेको खत्रीको घरमा अफिम लुकाई छिपाई भण्डारण गरेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा ठुलो परिमाणमा अफिम फेला पारी बरामद गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

दुवै जनालाई अफिम सहित बुधबार पक्राउ गरिएपनि उनीहरुलाई बिहीबार पक्रार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जिल्ला अदालतमा मुद्दा दर्ता गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस