नेता कर्मचारी जस्तो बने परिवर्तन लावारिश प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेता कर्मचारी जस्तो बने परिवर्तन लावारिश हुन्छ । यस्तो खतरा हामी कहाँ पनि छ । त्यो खतरा नआओस भनेर नै एकता गरेका हौं ।
धनगढीमा आयोजित स्थानीय तहका पदाधिकारीहरुका लागि विशेष प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताए । प्रचण्डले भने–‘उनले एकताको कार्य करिब–करिब टुङ्गिएको बताए । परिवर्तन संस्थागत गर्नका लागि कम्युनिष्टबीच पार्टी एकता भएको बताएका छन् ।
कार्यक्रममा नेकपाबाट निर्वाचित प्रदेशभरिकै जनप्रतिनिधिको सहभागिता रहेको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस