no-image

‘जबजब म मेरो देशको माटोलाई सम्झन्छु,नेपाललाई सम्झन्छु,मेरो आँखा अगाडि भोका र पीडित जनताहरुको तस्बिर आउँछ।मैले राजनीति मन्त्री वा प्रधानमन्त्री हुँला,ठुल्ठुला कुर्सी पाउला भनेर गरेको हैन । म राजनीतिमा लागेको भोका जनताले पेटभरी खान पाउन। हाँस्न नपाएका जनताको ओठमा हाँसो आवोस भनेर राजनीतिमा लागेको हुँ’।

जननायक बिपि कोइरालाको यस्तो सोचले राजनीतिलाई सामाजिक सेवाको रूपमा राखी प्रजातान्त्रिक समाजवाद र राष्ट्रिय शहिष्णुतालाई केन्द्र बनाइ २००६सालमा नेपाली कांग्रेस पार्टी स्थापना गर्नु भएको थियो । जनता सबथोक हुन् । जनता मालिक र राजनीतिज्ञ नौकर रहनुपर्छ भन्ने बिपीको मान्यताले संस्थापक भएको नेपाली कांग्रेस पाटी अहिले आएर बिपीका अनुयायी हुँ भन्नेहरु हामीले राजनीति जोगी हुनका लागी गरेका हैनौं भनेर भन्न थालेका छन । जसबाट के प्रष्ट हुन्छ भने ३ दसक यता राजनीतिमा सक्रियरुपमा आफुलाई समर्पित गरेको छु भन्नेहरु राजनीति आफनो जागिर सम्झिन्छन ।जस कारणले बिगत २०३६साल यता देशले राष्ट्रिय गौरवका एतिहासिक आयोजनाहरु निर्माण गर्ने अबसर पाएको छैन । जसको कारण पछिल्लाे राजनीतिज्ञहरुको नालायकीपनको हो ।

मैले यसो भनी रहदा देशले राजनीतिक निकास नपाउनुको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस घट्कले लिनुपर्छ भनेको हैन । मलाई थाहा छ राणाशासन, राजतन्त्र र पंञ्यती शसकहरुले देशलाई थिलोथिलो बनाएका थिए । तर गुनासो केहो भने २०३६पछि पुनः स्थापना भएको प्रजातन्त्र पछिल्लो समयमा सबै भन्दा बढी सरकारको नेतृत्व र सडक संघर्ष गरेको कांग्रेसले बिपीको मुल्य मान्यतालाई बोकेर जानताको पक्षमा आफुलाई उभ्याइ रहन सकेन । शासकहरुका विरुद्धमा जनताको बिश्वास लिई कांग्रेसको नेतृत्वबाट गरेको सफल आन्दोलन पस्चात आफ्नो वाचा जानता सामु पूरा गर्न कांग्रेसको अहिलेको नेतृत्व चुक्यो । जसका अनुसार आज बिपीका आदर्श मुल्य र मान्याताहरु बिपीमा मात्रै सिमित हुन गए । अहिलेको राजनीतिको अर्को घीन लाग्दो पाटो केहो भने आफू र आफ्ना आसेपासेका अनुकुल राजनीति गर्नु देश र जनता भन्दा आफनो स्वार्थमा राज्यलाई प्रयोग गर्नु । यसो हुनु देशको दुर्भाग्य मात्रै नभै सोझासाझा जनता माथीको अन्याय हो ।

लेखक:भोजराज घोडासैनी

म स्मरण गर्दछु जननायक बिपी कोईरालाले २०१५ सालको आम निर्वाचन पश्चात सरकारको नेतृत्व गर्दै भन्नुभएको थियो ।’म प्रधानमन्त्री भएको १५ बर्ष भित्रमा प्रत्येक परिवारको स्थिति मेरो परिवार (प्रधानमन्त्री परिवार ) सरह जस्तो बनाउने छु’। तर बिपी नेतृत्वको सरकार माथी राजा महेन्द्रले आँखा लाग्यो । उहाँले आफ्ना मूल्य र मान्यतालाई व्यावाहारिक रुपमा लागू गर्न नपाउदै कैदि जीवन बिताउन पर्याे।जसकारण बिपीले सोचेजस्तो देशले मुहार फेर्न पाएनन । हाम्रो सुखी नेपाली सम्बृद्दि नेपाली बन्ने सपना तुहियो। साएद बिपीले मागे अनुसारको समय पाएको भए आज नेपाली राष्ट्र दुई बादसाह राष्ट्रहरुको बिचमा बिरालो भएर खुम्चुनु पढ्ने थिएन । २०२३सालमा बिपी जेलमुक्त भए पश्चात स्मरण गर्दै आफनो भनाई र आफुले नेपाली जानता सामु गरेको प्रतिबद्धता सम्झिदै भन्नू भएको थियो।’मैले प्रम हुदा १५बर्षमा सामान्य गरिब भन्दा पनि गरिब नागरिकको जनजीवन म प्रम परिवार सरहको हुनेछ भनेर भनेका थिए’। तर त्यसो हुन सकेन । यसपछिका दिनमा आउने जनप्रतिनिधि ले गरेको कुनै पनि काम प्रम ले जस्ताे प्रतिबद्धता सहित गर्न सक्ने सम्भावना छैन्न । आज आएर बिपीको चिन्तन सत्य साबित भएको छ ।बिपीले कुन तहको चिन्ता गर्थे र कत्ती दुरदर्शि नेता थिए भन्ने कुरा थाहा पाउन गार्हाे छैन।

हाम्रो देश किसानको देश हो। जुन नितिले किसान को भलाइ गर्छ । त्यही निति समाजकारी निति हो र हुनेछ। जुन सोचले गाउँका जनताको अनुहार उज्यालीन्छ,त्यही नीति परिवर्तनकारी नीति हो ,जनताले खोजेको परिवर्तन हो । हामी गाउँले हाम्रो राजनीति पनि गाउँका लागी हो र गाउँलेका लागी गर्नुपर्छ,भन्ने बिपीको यी र यस्ता दृस्टिकोण म अन्तर हृदय देखि सम्मान गर्छु। राष्ट्र मेलमिलाप सबै जात धर्म भाषाभाषी नागरिक एक हुन सबैको समान हैसियत हुनुपर्छ भन्ने भनाईलाई सैद्धान्तिक रुपमा मात्रै सिमित नराखी दैनिक जिवानयापनमा पनि बिपीले लागू गर्नु भएको थियो । जसको सन्देश पछिल्ला राजनीतिकर्मीहरुले अंङ्गाल नसके पनि नेपाल जनताको मन र मगजमा जिउदै छ । त्यसैले हामिले आज पनि बिपीको मृत्यु भैसकेको यतिका बर्ष सम्म पनि बिपी खोजी रहेका छौँ।लेखक:भोजराज घोडासैनी,सुर्खेत हाल दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस