बाँकेकाे खजुरा गाउपालिकाकाे अन्तर बिद्यालय दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिताका तयारी तिब्र

मेयर रनिङ शिल्डका लागि विभिन्न समिति निर्माण
नेपालगन्ज, ११ पुस
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा अमर माबि गौतमवस्ती सि गाउँमा आगामी पुस २५ गते देखि ३० गतेसम्म संचालन हुने अन्तर बिद्यालय दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिताका लागि विभिन्न समिति निर्माण गरिएको छ । व्यवस्थापनको जिम्मा पाएको अमर माविमा शुक्रवार भएको प्रधानाध्यापकहरुको भेलाले विभिन्न समिति निर्माण गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा जुरी अफ अपील, वडा नं. २ का अध्यक्ष देविलाल खनालको संयोजकत्वमा सुरक्षा, भक्तबहादुर केसीको संयोजकत्वमा खेल उद्घाटन समारोह समिति, ऋषिराम सापकोटाको संयोजकत्वमा पुरस्कार खरिद तथा वितरण, डम्बर विकको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै बाबुहरि गौतमको संयोजकत्वमा अतिथि सत्कार, हिमेन्द्र बिसीको संयोजकत्वमा मञ्च व्यवस्थापन, यम नारायण महतोको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको हो । चन्द्रबहादुर गुरुङको संयोजकत्वमा प्राविधिक तथा फिल्ड निर्माण, खेमलाल शर्माको संयोजकत्वमा प्रचारप्रसार, केशर केसीको संयोजकत्वमा भोजन तथा आवास, परसुराम ददेलको संयोजकत्वमा सरसफाई, प्रदीप विकको संयोजकत्वमा स्वयम्सेवक उपसमिति निर्माण गरेर तयारी अगाडि बढाइएको छ । त्यसैगरी अम्बिका खनालको संयोजकत्वमा सांस्कृतिक, धनीराम ओलीको संयोजकत्वमा स्वास्थ्य तथा प्राथमिक उपचार समिति निर्माण गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपती, उपप्रमुख एकमाया विक, राजनीतिक सल्लाहकार भीम ओलीले प्रतियोगितालाई भव्य र सभ्य तरिकाबाट संचालन गर्न जिम्मेवारी पाएका उपसमितिहरुले सक्रिय भएर लाग्नु पर्ने
बताए ।

प्रतिक्रिया दिनुहोस