कांग्रेसले टुंग्याएका राष्ट्रियसभाका उम्मेदवार (नामावलीसहित)

काठमाडौं, पुस १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शनिबार बसेको पदाधिकारी बैठकले प्रदेश ६ बाहेक बाँकी प्रदेशका १४ उम्मेदवारको नाम टुंगो लगाएको हो। प्रदेश ६ का उम्मेदवारको टुंगो भने साँझसम्ममा लगाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदैछ।

यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवार

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

प्रतिक्रिया दिनुहोस