घरेलुको महोत्सवमा विद्यार्थीहरुको ऐक्यबद्वता

यही पौष २४ गतेबाट कोहलपुरमा आयोजना हुने “तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६” अन्य महोत्सवभन्दा फरक हुने विश्वास गर्दै यस क्षेत्रका विद्यार्थी संगठनहरुले
महोत्सवमा आप्mनो ऐक्यबद्वता रहने जनाएका छन् । विभिन्न दल निकटका विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै महोत्सव विद्यार्थी संगठन सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय समेत भएकाले अन्य महोत्ससभन्दा यस महोत्सवको फरक उद्देश्य र फरक ढङ्गबाट आयोजना हुन लागेकाले खुशी व्यक्त गर्दै आ–आप्mनो संगठनको पूर्ण साथ र समर्थन रहने कुरा विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
अनेरास्ववियु क्षेत्रीय अध्यक्ष सुमन घिमिरे, अखिल क्रान्तिकारीका कार्यालय सदस्य महेश वस्नेत, नेपाल विद्यार्थी संघ वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका इकाई  सचिव उपेन्द्र विष्ट, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका महामन्त्री बिजय काप्mले र समाजवादी विद्यार्थी युनियन प्रदेश नं. ५ का मुख्य सचिव संगम पोख्रेलले संयुक्त विज्ञप्ति जारी गर्दै अगाडी भनेका छन्–“विद्यार्थी संगठनहरु शैक्षिक क्षेत्रमात्र नभई सम्पूर्ण सामाजिक गतिविधीहरुमा कालान्तरदेखि संवेदनशील रहँदै आएको छ । यसै सन्दर्भमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका, महिला उद्यमी समितिको मुख्य आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समिति, प्रदेश नं. ५ समिति बुटवल र जिल्ला शाखा बाँकेको आयोजनामा “मेहनत सृजना उत्पादन र बस्तु ः मेरै नेपालको” भन्ने मूल नाराका साथ यही मिति २०७६ पौष २४ देखि माघ ५ गतेसम्म “तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६” अन्य महोत्सवभन्दा फरक ढङ्गबाट फरक उद्देश्य सहित आयोजना हुन लागेकोमा हामी संयुक्त विद्यार्थी संगठन स्वागत गर्न चाहन्छौ । ”

प्रतिक्रिया दिनुहोस