गुलरियाको कट्टी गाँउमा सशस्त्र  पोष्ट स्थापना

दुर्गा आचार्य
बर्दिया,पौष,२५। सशस्त्र प्रशरीले बर्दियाको गुलरिया नगरपालिका वडानम्बर—३ कट्टी गाँउमा आफ्नो पोष्ट विस्तार गरेको छ । सदरमुका गुलरियाको नेपाल—भारत सीमामा जोडिएको गाँउको सुरक्षालाई मध्यनजर राख्दै सशस्त्र प्रशरी बल नेपाल बोर्डर आउट पोष्टको शुक्रवार विधिवत रुपमा उद्घाटन गरिएको हो। नेपाल सरकारको केन्द्रिय नितिअनुरुप बर्दियामा सशस्त्र पोष्ट विस्तारगरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले वताए। बर्दियामा हालसम्म ५वटा सशस्त्र पोष्टको स्थपना भईसकेको महानिरीक्षक पौडेलले उद्घाटन कार्यक्रममा जानकारी गराएका छन्। बर्दियामा थप अझै तीनवटा पोष्टको स्थापना हुनेजानकारी गराउदै यस्कालागि आवश्यक कामकारवाही अगाडी बढाउन बर्दियाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव बिश्वकर्मालाई निर्दैशन समेत दिएका छन् । कट्टी गाँउमा पोष्ट स्थापना भएसंगै यसगाँउका स्थानीय सुरक्षित भएको गुलरिया नगरपालिकाका नगर —प्रमुख मुक्तिनाथ यादवले उद्घाटन कार्यक्रममा वताएका छन् । भारतको सीमासंगै जंगलको किनारमा रहेको वस्तीमा पोष्ट स्थापनाले वस्तीनै स्वर्ग जस्तो भएको नगरप्रमुख यादवले वताएका छन्।उनले पोष्टका भौतिक संरचनाका स्तर उन्नतीका लागि आफुले नगरपालिकाका तर्फबाट सक्दो सहयोगसमेत गर्नै प्रतिवद्धता गरेका छन् । प्रदेश नम्बर ५ मध्य सवैभन्दा लामो सीमा भारतसंग जोडिएको बर्दिया जिल्लामा सीमा पोष्ट स्थापना हुनु बर्दियावासिको लागि खुशीको कुरा भएको बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमनारायण लामिछानेले वताए। अपराध नियन्त्रण, शान्ती सुरक्षा,विपत व्यवस्थापन, सीमा सुरक्षा लगाएतका विषयमा सशस्त्र प्रहरीले अहंभुमीका खेल्दै आएको अवस्थामा बर्दियामा थप सशस्त्र पोष्ट स्थापना गर्न प्रशासनको तर्फ पूर्वाधारनिर्माण गर्दैै पहल गरिने प्रजिअ लामिछानेले वताए।

प्रतिक्रिया दिनुहोस