कोहलपुर नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला

नेपालगन्ज- कोहलपुर नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन्। सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान ७ बजे घरबाट निस्केका खड्काको बुधबार दिउँसो बहराइचमा रहेको शंकर होटेलमा शव भेटिएको भनी खबर आएको थियाे।

उनको शव भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु बहराईच प्रस्थान गरेका छन्। ६८ वर्षका वडाअध्यक्ष खड्काले आफू सुर्खेत जान लागेको भनी वडा कार्यालयलाई पनि जानकारी दिएको बुझीएको छ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता (डिएसपी) शिव सिंहले वडा अध्यक्ष खड्काको शव होटेलमा भेटिएको खबर आएपछि एक टोली त्यसतर्फ प्रस्थान गरेको बताए। ‘शव भेटिएको खबर आएको छ, तर घटनाको वास्तविकता पता लागेको छैन।

प्रतिक्रिया दिनुहोस