कोहलपुर महोत्सवमा ज्योती र प्रमोद के गरे

कोहलपुरमा जारी महोत्सवको ९ औं दिन (शनिबार) प्रमोद खरेल र ज्योती मगरबिच
जुहारी चलेको छ । साँगिति क्षेत्रका दुई हस्ती एकै मञ्चमा भेटिएपछि
उनिहरुबिच जुहारी चलेको हो ।

स्टेज क्विनका रुपमा ख्याती कमाएकी ज्योती मगरले आफ्नै अन्दाजमा दर्शकलाई
मनोरञ्जन प्रदान गरेकी थिईन । निकै आकर्षक अवतारमा प्रस्तुत भएकी
ज्योतीलाई हेर्न हजारौं युवायुवती महोत्सव परिसरमा झुम्मीएका थिए ।
आकर्षक हाउभाउसहित ज्योती गित गाउँदा दर्शकहरुले खुलेरै साथ दिएका थिए ।

ज्योतीले तताएको माहोल प्रमोद खरेलको आगमनले झनै तात्तिएको थियो । आधुनिक
गायक क्षेत्रका नक्षेत्र खरेलले घाम डुब्दासम्म कोहलपुरवासीलाई साँगितिक
खुराक पस्किएका थिए । केही समय ज्योती र प्रमोदले सँगै प्रस्तुती समेत
दिएका थिए । खरेलका फिल्मी तथा आधुनिक गितमा झुमेका दर्शकहरुले महोत्सवको
रौनकता झनै बढाएका थिए । शुक्रबार वर्षाका कारण महोत्सवको साँस्कृतीक
कार्यक्रम स्थगित गरिएको थियो । पुर्वनिर्धारित तालिका अनुसार शुक्रबार
निम्त्याईएका खरेलले एक दिन कुरेरै भएपनि कोहलपुरका दर्शकलाई मनोरञ्जन
प्रदान गरेका हुन ।
यसैबिच शनिबार मौसम खुलेसँगै महोत्सव आउने दर्शकको सँख्या ह्वात्तै बढेको
थियो । वर्षाले हिलाम्मे मैदानको प्रवाह नगरी हजारौं दर्शकहरु महोत्सव
अवलोकन गर्न आएको आयोजकले जनाएको छ ।

आईतबार शान्तीश्री र फुलन्देकी आमा आउने

महोत्सवको दशौं दिन आईतबार लोकदोहोरी गायीका शान्तीश्री परियार, बसन्त
लम्साल र हाँस्य कलाकार फुलन्देकी आमा कोहलपुर आउने भएका छन । महोत्सव
आयोजकका अनुसार राष्ट्रिय कलाकारका अलावा अन्य स्थानिय कलाकारले आईतबारको
साँस्कृतीक कार्यक्रममा सहभागीता जनाउने भएका छन ।
‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष
२४ गतेदेखी महोत्सव संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस