गोरखाद्धारा मेयर कपमा ह्याट्रिक

बाँकेको कोहलपुरमा सम्पन्न भएको तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गोरखा यूनाईटेड पब्लिक स्कुलले ह्याट्रिक गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा फागुन २ गते देखी सुरु भएको प्रतियोगितामा उपाधि गोरखा स्कुलले जितेको छ । गोरखाले २०७४, २०७५ र २०७६ को मेयर कपको उपाधि जितेर शिल्ड नै कब्जा गरेको छ । त्यस्तै प्रतियोगितामा त्रिभुवन मावि कोहलपुर द्वितीय र कोहलपुर २ मा रहेको लक्ष्मी मावि तृतीय भएको छ । प्रतियोगितामा कोहलपुर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका ३४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस