कोहलपुरमा स्नुकरको उपाधि मल्ललाई

बाँकेको कोहलपुरमा पहिलो पटक आयोजना गरिएको खुल्ला स्नुकर प्रतियोगिताको उपाधि प्रिन्स मल्लले जितेका छन् । कोहलपुर स्नुकर हाउसको आयोजनामा आज (शनिबार) सम्पन्न भएको प्रतियोगितामा राजु वली द्वितीय र सुमितसिंह ठकुरी तृतीय भएका छन् । प्रतियोगितामा बिजेत खेलाडिहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । कोहलपुर स्नुकरका संचालक सन्तोष मल्लका अनुसार दुई दिनसम्म सञ्चालनमा आएको प्रतियोगितामा ३० जना खेलाडिहरुले सहभागिता जनाएका थिए । साथै उनले यस क्षेत्रका स्नुकर प्रेमी पूवा खेलाडिहरुको आपसी सद्भाव, भातृत्व र भाइचार सम्बन्ध स्थापित गर्दै खेललाई व्यापकता ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिँदै स्नुकर प्रति रहेको गलत भ्रम चिर्न पनि प्रतियोगिता सञ्चालनमा ल्याईएको बताएका छन् । पछिल्लो समय स्नुकर खेलप्रति उद्योगि, व्यापारी, डाक्टर, शिक्षक, सरकारी कर्मचारी, नेपाल आर्मी, शसस्त्र प्रहरी लगायत आम यूवाहरुको आकर्षण बढ्दै गईरहेको कोहलपुर स्नुकरका अर्का सञ्चालक दिपक शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार स्नुकर खेलले मानविय तनावलाई कम गर्ने र मस्तिष्कलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिँदै स्नुकरलाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिएका छन् । साथै आगामि बैशाख महिना भित्र एक लाख पुरस्कार राशि सहितको खुल्ला राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता कोहलपुरमा आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस