छेडागाड र त्रिवेणीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेसका नेता एवंम पुर्व सांंसद राजिवबिक्रम शाहद्रारा उपलब्ध गराईएको स्वास्थ्य सामाग्री बेड, तन्ना र तकिया जिल्लाका छेडागाड र त्रिवेणी नलगाड नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बचाउँना शाहले जाजरकोटमा रहेका सात स्थानिय तहमा पाचँ -पाचँ वेड र अन्य सामाग्री पठाइएकोले सो सामाग्री छेडागाड र त्रिवेणी नलगाड नगरपालिकालाई हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले जानकारी दिएका छन । अध्यक्ष बस्नेतका अनुसार पूर्व सांसद शाहद्रारा काठमाडौंबाट पठाइएका स्वास्थ्य सामग्री जिल्लाका सबै स्थानीय निकायमा पुर्‍याईने भएको हो। कोरोनाले जनताको जीवन रक्षाको सवाल निकै जटिल बनेको उल्लेख गर्दै पूर्व सांसद शाहले स्वास्थ्य क्षेत्रमा सर्वसाधारणलाई संकट परेको बेला राहत होस् भनेर जाजरकोटका सात वटा स्थानीय तहमा आवश्यक स्वास्थ्य सम्बन्धि सामाग्री सहयोग गरेको नेविसंघ अध्यक्ष बस्नेतले बताएका छन ।

प्रतिक्रिया दिनुहोस