नेकपाद्वारा बैजनाथलाई पाँच लाखको राहत सहयोग

विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरसबाट प्रभावित विपन्न वर्गका लागि आवश्यक सहयोग स्वरुप बैजनाथ गाउँपालिकालाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिले राहत हस्तान्तरण गरेको छ । बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिले पाँच लाख रकमको पाँच सय बोरा चमल सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषण गरेपछि दैनिक ज्यालादारि गरी खाने मजदुरहरुको समस्यालाई आत्मासाथ गर्दै राहत वितरण गरिएको छ । पूर्व राज्यमन्त्री दल बहादुर सुनारको नेतृत्वमा नेकपाले राहत संकलन गरेको हो । बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिद्वारा संकलन गरेको पाँच लाख रकमको पाँच सय बोरा चालम बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको पूर्व राज्य मन्त्री दल बहादुर सुनाराले जानकारी दिएका छन् ।
कोरोना भाईरसले नेपालीमा संक्रमण गरिसकेको अवस्थामा आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्नमा कुनै पनि समस्या आउन नदिनका लागि बैजनाथ गाउँपालिकालाई राहत हस्तान्तरण गरिएको बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ समन्वय कमिटिका संयोजक नरेन्द्र पाण्डेले जानकारी दिएका छन् । साथै उनले स्थानिय सरकारसँग सहकार्य गरी आम नागरिकलाई भोकै बस्न दिनुहुँदैन भन्ने मान्यताका साथ नेकपाले सहयो गरेको बताएका छन् । महामारिको बेला स्थानिय सरकारलाई सबैले सहयोग गरिरहेका जानकारी दिँदै स्थानिय स्तरमा आर्थिक रुपमा कमजोर भएका आम नागरिकलाई राहत वितरण गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललले जानकारी दिएका छन् । साथै उनले नेकपाले पाँच लाख बराबारको सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्दै विपद्को घडिमा सबैले सहयोग गर्न अनुरोध गरेका छन् ।
साथै उनले स्थानिय सरकारले जनताको माग अनुसार सबैलाई राहत वितरण गर्ने जानकारी दिँदै विपद्को समयमा सबै एकजुट हुन आवश्यक रहेको बटाएका छन । बैजनाथ गाउँपालिपाले पहिलो चरणमा राहत कार्यलाई तिव्र बनाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस