अस्वस्थ स्वास्थ्य संस्था र अलपत्र विरामी

२०७७/१/२ गते विहान बाबा , अामासंग संगै वसेर खाना खाए पश्चात् केही समयका लागि छुट्टिने निधाे गरियाे र अा अाफ्नाे गन्तव्यमा लाग्याैं । करीव ३ वजे वुवालाई पेट दुख्ने विराम सुरू भयाे भनेर भाइ वुहारी प्रेमाले फाेन मार्फत खवर गरिन । भर्खर पहिले स्वस्थ्य मान्छेलाइ खासै समस्या नहाेला भनेर मैले सामान्य रूपमा लिए र एकछिन घरमा जाने विचार गरे । विस्तार घरसम्म पुग्दा बाबा पिडाले छट्पटाइरहनु भएकाे थियाे । वुहारीले pain killing गर्ने सुइ दिइसकेकी रहिछन । घरेलु उपचार लसुन , टिमुर र ताताेपानी खुवाउने काम समेत गरिसकिएकाे थियाे । म पुग्दै गर्दा दुई पटक धेरै वान्ता भयाे र वेहाेस हुने अवस्था देखियाे । त्यसपछि म अात्तिए , अब के गर्ने ? अस्पतालमा जाँदा उपचार छैन रे ! काेराेना भाइरसकाे याे अातङ्कले कतै जानू छैन समस्या अाइलाग्याे । अझै घरमा केही समय काेशिस गर्ने विचार अायाे । सकभर अस्पताल जान नपरे हुन्थ्याे । घरमा पनि अ हे व स्तरकाे स्वास्थ्यकर्मी भएकाले सक्दाे काेसिस गरियाे । त्यतिवेलासम्म यज्ञश्वर सर, रेशमा मेडम , देवकाेटा जी अाइसक्नु भएकाे थियाे । एपेन्टिसाइटिस भएकाे संका गरियाे । कति समय सम्म operation नगरे मृत्यु हुन्छ भन्ने छलफल भयाे । राती ९: ३० सम्म पेट दुखाइकाे पीडा कम नभएपछि अन्तत अस्पतालतिर लैजाने निर्णय गरियाे । जाने कता र के मा भन्दा भन्दै १० वज्याे । वुढाे ज्यान सुगरकाे विरामी छटपटि्टयर अापत अाइलाग्याे । एक दुई ठाउँ फाेन गर्दा सम्पर्क भएन अन्तमा माया नर्सिङ हाेम सुर्खेत लिने कुरा भयाे र देवकाेटाजीकाे वाइक सहायताले त्यहाँ सम्म पुगियाे । Emergency कक्षमा एउटा वेडमा ढालियाे । पीडा र छटपटाहट वढिरहेकाे थियाे । एकजना स्वास्थ्यकर्मी अाएर अाफ्नाे धर्म निभाउनु भयाे । सलाइन पानी, pain killing injection अादि अादि । मैले साेचे डा. साव नै हाेलान । दुई चार पटक डा. साव भनेर अादर गरे ,पछि वुझ्दा अहेव साव रहेछन । त्यसपछि डा.साव कतिवेला अाउनुहुन्छ भन्दा उत्तर पाइयाे भाेली १० वजे । मेराे हाेस हरायाे तैपनि अाशा गरेर भगवान पुकारेर वसे । साथमा देवकाेटा जी हुनुहुन्थ्यो । रातभर एकछिन ननिदाएर रात वित्याे । प्रतीक्षा थियाे डा.साव अाउने समयकाे । त्यतिबेला सम्म ती स्वास्थ्यकर्मीले धेरै अाैषधी चढाईसकेका थीए । मलाई लेखेर दिन्थे म किनेर ल्याउथे । मान्छेहरू अरूपनि विरामी ल्याउदै अाउथे । काे कस्ता हुन ? काे कस्ता हुन ? छुट्याउन गाराे । तैपनि मास्क , सेनिटाइजरकाे प्रयोग गरेर सुरक्षित हुने काेशिस थियाे । काेराेनाकाे डर थिएन याे मनमा त्याे भन्दा वढी बाबाकाे पिडालाई कम गर्नु मलाई चुनाैती थियाे । बाबाले मलाई सन्चाे हुँदैन घर लैजा भनेकाे धेरै पटक थियाे । त्याे ठाउँमा मान्छेहरू अाैषधी गर्न अावत जावत गरिरहन्थे । विहान रेशमा मेडम , वुहारी प्रेमा उपस्थित थिए । विहानकाे १० वज्याे डा. साव अाउने हल्ला थियाे । तर डा. सावकाे सवारी भएकाे थिएन । करीव ११:१५ वजे डा. साव सेताे पहिरनमा अाउनुभयाे र हामीलाई उता हट्न संकेत गर्नुभयाे । हामी हट्याै । टाढैवाट हेर्याै । पेटमा छामछुम गरि स्टेथसकाेपकाे सहायताले भित्रकाे अवस्था जानकारी लिनुभयाे । एक दुइटा चेक जाँच सादा एक्सरे , रगत जाँच गर्नुभयाे । उता वावाकाे स्वास्थ्यमा कुनै सुधार छैन पिडाले मलाई समेत खपिनसक्नु थियाे । अाएकाे रिपाेर्ट जाँच गर्दा एपेन्डिसाइटिस फुटेकाे वा अान्द्रा वुझिएकाे हुन सक्ने र त्यसका लागि operation गर्नुपर्छ भनेर जानुभयाे साथै अर्काे सर्जन डा.सावलाई देखाउने भन्नुभयाे । मैले त काेही सर्जन नामकाे डा. हा्ेला भने तर चिरफार गर्ने डा. रहेछ । ४ गते विहान १० वजे सुर्खेतका वरिष्ठ सर्जन अाउनुभयाे । विरामीलाई हकारेर यता फर्के भन्नूभयाे र छामछुम गरेर अगिल्लाे दिनकाे रिपोर्ट हेर्नुभयाे मैले भने समस्या के छ ? डा.सावले भन्नुभयाे पेटमा समस्या छ चिरेर हेर्नुपर्छ । म छक्क परे । उहाँले थप्नुभयाे यसका लागि प्रदेश अस्पताल वा अन्त कतै लिन सुझाव दिनुभयाे । बाबाकाे दिशा पिसाव अवरुद्ध थियाे । दुखाइकाे पिडाले मान्छे चिन्ने अवस्था थिएन । नाकमा र मुत्रासयमा पाइप हालिएकाे थियाे । विरामी पुर्याएकाे १२ घन्टापछि डा. सावकाे दर्शन पाइयाे । त्यसको १० घन्टापछि अर्को सर्जन डा. सावसंग भेट भयाे । अापतकालीन अवस्थामा भर्ना भएकाे विरामीलाई सुरूमा हेरेर जुनियर स्वास्थ्यकर्मीलाई उपचारमा खटाउने व्यवस्था देखेकाे थिए मैले तर त्यहाँ अहेवले उपचार गरेर १२ घन्टापछि डा. अाउने अवस्था भेटे । कित पूरै सेवा बन्द , विरामी अन्त जान्छ , कित अापतकालीन अवस्थामा अाएकाे विरामीलाई डा. ले नै Response गर्नुपर्ने । रिस धरै उठ्यो तर के गर्नु । त्यसपछि त्यहाँ भएकाे अहेवलाई सवै पाइप हटाइदे भनेर विरामी लिएर निस्के र घर फर्के । विरामीकाे अवस्था नाजुक वनिसकेकाे थियाे । दुई रात कष्टकर विते । त्यसपछि पुन यज्ञश्वर सर, रेशमा मेडम , देवकाेटा सर लगायत वसेर छलफल गर्दा प्रदेश अस्पताल लिने सल्लाह भयाे । विवेक र यामु जुवाइकाे सहयाेगमा गाडिमा राखेर प्रदेश अस्पताल कालागाउँ पुर्याइयाे । Emergency वेडमा राखेपछि दुइजना स्वास्थ्यकर्मीले हेरफेर गरे । पुन: सलाइन पानी , pain killer दिए । त्यहाँ भएका डा. सावसंग फाेनमा कुरा गरे । डा. सावले ठिकैछ म भाेलि विहान अाएर हेर्छु भन्नुभयाे । एक दुइटा जाँच पनि गर्न लगाइयाे । त्यहाँ भएका दुइजना विरामीका मृत्यु भयाे जसले गर्दा झन हताेत्साहित हुने वातावरण वन्याे । केही वेरपछि राती ९ वजेतिर डा. साव अस्पताल नअाएर विरामीलाई अन्तै लिन खवर गरे साेही अनुसार हामीलाई जानकारी मिल्याे । अब के गर्ने अत्यन्त पिडावाेध भयाे । विरामीलाई शारीरिक पीडा थियाे त्योभन्दा वढी मलाई मानसिक पिडाले अापत अाइलाग्याे । कस्ताे वेलामा मलाई अापत पर्याे भनेर मन मनै विलाप गरे । काठमाडौं , लखनउ जस्ता ठाउँमा पुग्न पाए हुन्थ्यो भन्ने कल्पनामा डुवे । रातभर विरामीकाे अाडमा रहेकाे वेन्चमा वसेर कष्ट काट्ने काम भयाे । कसरी कता लैजाने यही प्रश्न मनभरी थियाे । काेहलपुर , नेपालगन्ज विकल्प थियाे । फाेन सम्पर्क गर्दा Emergency मा उपचार भैरहेकाे भन्ने जानकारी मिल्याे । अाफूभन्दा सिनियर व्यक्तिकाे सहयाेग पनि लिन फाेन मार्फत सहयोग मागे । ambulance खाेजी गर्दा कतै मिलेन private गाडि लिएर जान अप्ठ्यारो थियाे । १/५ गते ९ वजे ambulance मार्फत medical college काेहलपुर १२ वजे पुगियाे । अझै मनमा माया नर्सिङ हाेम र प्रदेश अस्पताल सुर्खेतकै झल्काे थियाे । काेहलपुर अस्पताल पुग्नासाथ Emergency मा राखियाे , विरामीकाे अवस्था अत्यन्त नाजुक थियाे अाशा भन्दा निराशा वढि थियाे । लक डाउन र काेराेना भाइरसकाे सङ्कट अाइपरेकाे वेला अस्पतालमा रहनु निकै जाेखिमपूर्ण वसाई रह्याे । Emergency वार्डमा राख्नासाथ करिव ४ जना डाक्टरहरूले निकै मिहिनेतका साथ चेकजाँच गरे । सुर्खेतको रिपोर्ट पढ्ने काम पनि भएन । उपचार सुरू भयाे डाक्टरहरू नियमित अाइरहे । मलाई अाशा पलायाे । करिव ५/६ वटा जाँच ( x ray , video xray , ct scan . Urine test , blood test ) गरियाे । अझै डाक्टरहरूले यही समस्या छ भन्ने सकेनन । पुन video xray गरेर पेटवाट सिरिन्ज द्वारा धमिलाे पानी निकालियाे र अन्तत सवै रिपोर्ट राखे ६ जना डा. काे टिमले एउटा निष्कर्ष निकाले र दवाई सुरू भयाे । ९ गते विहान सम्म अाइपुग्दा दिशा पिसाव खुलेकाे अवस्था छ र केही झाेलिलाे खान दिन डाक्टरकाे सल्लाह छ । सुधारकाे संकेत देखिएकाेले दुख विर्सदै गएकाे छ । हालसम्म antibiotic चलाईरहेकाे छ , पुन १० गते जाँच गरेपछि थप सल्लाह दिने सुझाव छ । रिपोर्ट अनुसार सवै अङ्गहरू नर्मल रहेकाे र नाइटाे भन्दा माथि पेटमा पानीकाे फाेका जस्तो चीज जमेको भन्ने जानकारी मिल्याे । यदि antibiotic medicine ले काम नगरे अन्य विधिवाट त्यसलाई निकाल्ने डाक्टरहरूकाे सल्लाह छ । अहिले विरामीले राहत महशुस गरकाे देख्छु । सुर्खेत जस्तो प्रदेश राजधानी भएकाे स्थानमा संचालन भएका नर्सिङ हाेम र अस्पतालमा उपचार गराउदाकाे याे अनुभवले विरामीलाई झन विरामी वनाउने र अन्तमा अलपत्र पार्ने ती संस्थाकाे अवस्था दयनीय देखे । पैसा कमाउने एकमात्र उद्देश्य लिएका संस्था स्वास्थ्यका दृस्टिकाेणले विरामी अल्मल्याउने प्रतीक्षालय मात्र हुन जस्ता छन । भाैतिक संरचना , Human resource , उपकरण सवै कमजाेर लाग्याे । काेही गम्भीर विरामी हुँदा pain killer लगायर बाहिर जानू वाहेक अरू केही छैन जस्तो लाग्याे । सिधै पेट च्यात्नुपर्छ भन्ने खतरा डा . त्यही देखे । private नर्सिङ हाेम गाउँमा खाेलिएका जिर्ण अवस्थाका वाेर्डिङ जस्ता पाे छन । राजधानीमा रहेकाे अस्पतालकाे गुणस्तर सुधार्ने र Human resource mgmt. गर्न कतैकाे Consultant hire गर्ने हाेलाकी यतैकाे प्रशासन र सरकारले गर्न सक्ला ? मनमा उव्जेकाे प्रश्न ।

प्रतिक्रिया दिनुहोस