कोहलपुर काँग्रेसद्धारा १० क्वीन्टल चामल हतान्तरण

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका दुई वटा वडालाई १० क्वीन्टल चामल सहयोग गरेको छ । कोरोना भाईरसले देशमा लकडाउन जारी रहेको अवस्थामा दैनिक रुपमा ज्यालादारी गरी परिवार चलाउने परिवारलाई राहत पुग्ने उद्देश्यका साथ नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिका वडा नं. १ र २ लाई १० क्वीन्टल चामल सहयोग गरिएको नेपाली काँग्रेस कोहलपुर नगर समिति सचिव शुशिल सापकोटाले जानकारी दिए । नगरसचिव सापकोटाका अनुसार कोहलपुर नगरपालिका वडा नं. १ लाई पाँच क्वीन्टल र वडा नं. २ लाई पाँच क्वीन्टल चालम उपलब्ध गराईएको जानकारी दिँदै कोहलपुर नगरका अन्य वाडहरुमा समेत आगामी दिनमा सोही परिणाममा राहत वितरण गर्ने योजना रहेको छ । नेपाल सरकारले तय गरेका एकद्धार प्रणाली अन्र्तगत वडा कार्यालयमार्फत श्रमिकहरुलाई राहत उपलब्ध गराउन खाद्यान्न वितरण गरिएको जानकारी दिँदै सचिव सापकोटाले यो अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस