वैशाखमा पनि असारमा जस्तो झरी ! (फोटो फिचर)

२२ वैशाख, कोहलपुर / वैशाख महिनामा पनि केही दिनयता लगातारजसो वर्षा भइरहेको छ । सामान्यतया मनसुन सुरु भइसकेपछि मात्र हुने यस्तो वर्षा वैशाख महिनामा नै हुँदा धेरै मानिस अचम्ममा परेका छन् ।
दिनभरि घाम चर्किने र गर्मी हुने समयमा पनि लगातारको वर्षाका कारण चिसो बढेको छ । हुनत लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहनुपरेकाले काममा बाहिर निस्कनुपरेको छैन ।
तर अत्यावश्यक कामले घरबाहिर निस्कनुपर्नेहरु भने वर्षाका कारण समस्यामा परेका छन् । सोमबार विहानदेखि लगातार वर्षा भए पनि दिउँसो भने वर्षा रोकिएको छ, तर आकाश पुरै खुलेर घाम लागेको छैन ।

                                  फोटो फिचर

 

 

 

प्रतिक्रिया दिनुहोस