भारतका विरुद्ध कोहलपुरमा प्रदर्शन

बाँकेको कोहलपुरमा भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा प्रदर्शन भएको छ । कोहलपुरका युवा व्यापारिहरुको समूहले प्रदर्शन गरेको हो । कोहलपुरको न्यूरोडदेखी सुरु भएको विरोध र्‍यालि चौराहा पुगेर सम्पन्न भएको थियो ।
कोण सभामा बोल्दै व्यापारि लक्ष्मणराज पौडेलले भारतले नेपाली भूमी अतिक्रमण गर्न नपाईने भन्दै भारतका विरुद्ध सबै नेपाली एक हुनु पर्ने बताए । साथै नेपाली भूमिको रक्षा गर्न नेपाली तयार रहेको बताए । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला सामाजिक दुरि कायम गरि विरोध र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस