कोहलपुरमा ३० जनाको स्वाब संकलन

बाँकेको कोहलपुरमा पहिलो पटक ३० जनाको स्वाब संकलन गरिएको छ । कोहलपुर नगरपालका वडा नं. ४,८ र ९ का धर्म गुरु, विदेशबाट आएका नागरिकहरुको स्वाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नगर स्वास्थ्य शाखा कोहलपुरको टिमले कोहलपुर नगरपालिका ४ बेलनपुरमा आईतबार क्याम्प संचालन गरेर स्वाब संकलन गरेको छ । कोहलपुर–४ मा रहेको मदरसा हिमालय गरिव नवाज प्राविमा क्याम्प संचालन गरी स्वाब संकलन गरिएको कोहलपुरमा नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए । संकलन गरिएका स्वाब नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमै चेकजाँच गरिने भएको छ । कोरोना भाईरसको उच्च जोखिममा कोहलपुुर नगरपालिका रहेकाले स्वाब संकलन गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिईन् । कोहलपुर नगरपालिकाले लकडाउन पछि बाहिरबाट आएका सबैको स्वाब संकलन गरिएको भन्दै कोरोना भाईरसका विरुद्ध सबै एक भएर लड्नुपर्ने बताईन् । बाँकेको नेपालञ्जमा कोरोना भाईरसका २४ जना संक्रमित भएसँगै कोहलपुरमा पहिलोपटक ३० जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस