कोहलपुर नगरपालिकासँग सूचना माग

बाँकेको कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको छ । सूचना अधिकार केन्द्र (आईएचआरसि) कोहलपुरका अध्यक्ष जयसिंह केसी र नेपालगञ्ज ७ का विष्णुतिज तिवारीले लेखा अधिकृत सुदिपसिंह सुनारसँग सूचना माग गरिएको छ । कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत र सूचना अधिकारी कार्यालयमा उपलब्ध नभएका कारण लेखा अधिकृत सँग सूचना माग गरिएको अध्यक्ष केसीले जानकारी दिएका छन् । कोरोना भाईरस सम्बन्धी संघिय तथा प्रदेश सरकारबाट के कति बजेट आएको र त्यसको पूर्ण विवरण उपलब्ध हुनुपर्ने, कोरोना भाईरसका कारण लकडाउन भएपछि राहतका लागि नगरपालिकाले के कति राहत प्रत्येक वडालाई वितरण गरेको, वितरण गरेको राहत र प्राप्तकर्ता समेतको पूर्णविवरण उपलब्ध गराउनु पर्ने माग सूचनामा गरिएको छ । साथै राहत सम्बन्धी भएका सम्पूर्ण गतिविधि कोहलपुर नगरपालिकाको वईबसाईटमा राख्नुपर्ने र नगरपालिकाको राहत कोषमा के कति आयव्यय रहेको पूर्ण विवरण सहित उपलब्ध गराउनुपर्ने माग गरिएको अध्यक्ष जयसिंह केसीले जानकारी दिएका छन् । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार सूचना माग गरिएको केसीले जानकारीदिएका छन् ।

प्रतिक्रिया दिनुहोस