भारतका विरुद्ध कोहलपुरमा नेविसंघले ग¥यो विरोध

बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा वलोको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा भारतिय विस्तारवादको नाङ्गो हस्तक्षेपका विरुद्व विरोध जनाईएको छ । केहि समय अघि भारतले नेपाली भूमि लिपुलेकमा मानसरोवर जोड्ने सडक निर्माण गरि नेपालको सिमा अतिक्रमण गरेको भन्दै विरोध गरिएको नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका सभापति राम प्रसाद पाण्डेले जानकारी दिएका छन् । साथै उनले नेपाली स्वाभिमान माथी भारतले गरेको प्रहारका विरुद्धमा सबै देशभक्त नेपाली एक भएर लाग्नुपर्ने बताएका छन् । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला भारतले एकतर्फि रुपमा मानसरोवर जाने सडक निर्माण गर्ने कार्य गरेको भन्दै देशभरी भारतका विरुद्व विरोध भईरहेको बेला कोहलपुरमा सामाजिक दुरी कामय गरी विरोध जनाईएको छ।

प्रतिक्रिया दिनुहोस