पत्रकारका  साझा समस्या समाधान गर्नमा अग्रसर : केसी

लामो समयदेखी पत्रकारिता क्षेत्रमा आवद्ध भएका व्यक्ति हुन जय शिह केसी । २०५५ सालमा केसीको पत्रकारिता शुरुवात भयो । जतिबेला देशमा दोन्द चक्रिएको थियो । द्धोन्दको समयमा पत्रकारिता पेशामा आवद्ध भएका व्यक्तिहरुलाई राज्य पक्ष र बिद्रोही पक्षबाट कतिबेला मारिन्छन् भन्ने स्थिती थियो । संख्यात्मकमा त्यतिबेला मिडियामा आवद्ध हुनेहरुको कमी थियो । पत्रकारिता पेशामा आवद्ध हुँदा बाँकेको नेपालगञ्जबाट प्रकाशित हुने नेपालगञ्ज एक्सपेस पत्रिका निस्कन्थो जुन प्रत्रिकाबाट केसीको पत्रकारिता पेशा शुरु भयो । त्यतिबेलाका समयमा निस्केका साप्ताहिक कोहलपुर लगायतका थुप्रै पत्रपत्रिकामा केसीले आफ्नो कलम चलाउदै आए । देशमा भइरहेका हरेक घटना क्रममा केसीले थुप्रै अनुभवहरु बढुल्ने अवसर मिल्यो । देशका हरेक कालखण्ड शसस्त्र युद्धको अवस्था होस वा २०६२र०६३ को जनआन्दोलनमा पत्रकारिता क्षेत्रमा आवद्ध भइरहदा थुप्रै दुख संघर्षको यात्रामा थुप्रै चुनौतीहरु सामाना गर्दै सहयोग गर्दै अगाडी बढने क्रम जारी रह¥यो । ती दिनलाई सम्झदा अहिले केसी निकै भाबुक हुन्छन् । चिया पसल, बाटो ,चौतारोमा भेट हुँदा बिगतका ति घटनाक्रम पछिल्लो पुस्ताका पत्रकारहरुलाई साटासाट गर्दछ् । बाँके जिल्लाको समग्र पत्रकारिता क्षेत्रको अगुवाईको महत्वपूर्ण भुमिका खेल्दै आइरहेका केसी सामाजिक उत्तरदायित्व दुखमा परेका व्यक्तिहरुका लागी सारथीको काम पनी गरिरहेका छन् ।
नयाँ वा पुराना पत्रकारिता क्षेत्रमा आवद्ध भएका मिडियाकर्मीहरु सबै केसी संग परिचित छन् । लामो समयदेखी मिडिया क्षेत्रमा आवद्ध भइ संघर्ष गरेका केसी राष्ट्रिय स्तरमा काम गर्ने सबै संचारकर्मीहरु संग पनी राम्रो सम्वन्ध बढाउदै आएका छन् । संञ्चार जगतका काम गर्ने थुप्र्रै मिडियाकर्मी साथीहरुको समस्या हरुलाई विगतका ती वर्षहरुमा सक्दो सहयोग गर्दै आए । विगतका वर्षहरुका संञ्चार माध्यमहरुमा काम गर्ने थुप्र्रै अनुहार हरु थिए । तर विस्तारै ति अनुसारहरु फेरबदल भइरहन्छन् । कतिपय मिडियाकर्मीहरु आफ्नो भविष्य नबन्ने भएपछी पेशा परिवर्तन गरेर अन्य पेशामा आवद्ध छन् भने कतिपय सोही पेशालाई अगाडी बढाएका छन् । संचारमाध्यममा काम गर्ने मिडियाकर्मीहरुलाई द्धोन्दको समयमा काम गर्न र अहिले काम गर्न निकै सहज छ । २७ वर्षको लामो समय पत्रकारिता पेशा र सामाजिक सेवामा नै केसीको दैनिकी बित्यो । केसी जस्तै थुप्रै मिडियाकर्मीहरुले सामाजिक सेवामा नै बिताएका उदाहरणहरु काफी छन् । प्रेस युनियनको केन्द्रिय सदस्य सम्म पुगेका केसी अहिले सामाजिक सेवा र पत्रकारिता क्षेत्रमा आवद्ध भएका नयाँ पुराना पुस्ताका अभिावक नै हुन । दुख वा केही समस्या परेका मिडियाकर्मीहरुका लागी सहयोगको उल्लेखनीय भुमिका निर्वाह गरिरहेका छन् । आगामी दिनमा पनी पत्रकारिता क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरुका लागि अभिभावको जिम्मेवारी बहन निरन्तर गर्ने सोचमा छन् केसी ।
चिया गफमा उनीसंग भएका कुरा  :
बिहानको ७ बजेको थियो । सायद एउटा स्कुटिमा आफ्नो गति बढाउदै थिए । अकस्माथ पत्रकार केसीसंग हाम्रो जम्काभेट भयो । सायद हामी रिर्पोटिङ्गमा हिडेका थियौँ । उनीसंग केही संम्वाद भए र एकै छिन चिया खाने निधो ग¥यौँ । चिया पाक्दै थियो । टेबुलमा हामी केही साथीहरु थियौँ । लकडाउनको समय थियो , ज्यान नै जोखिममा राखेर हाम्रो रिर्पोटिङ्गको यात्रा अगाडी हाम्रो सोच थियो । एक जना किसान जसले पाँच विगाह्र जमिनमा काक्रा फलफुल खेती गरेका थिए । हामी त्यतै जाने तयारीमा थियौ । लकडाउनका कारण किसानले उत्पादन गरेका बस्तुहरु बिक्रि नहुँदा किसानहरु समस्यामा थिए । सोही समस्यालाई बुझ्ने प्रयासमा थियौँ हामी । तर केही समयमा हाम्रो चिया गफमा बित्यो । बाँके जिल्लाका अग्रज पत्रकार जयशिह केसीसंगको भेटमा थुप्रै विषयहरु उठेँ । चिया गफमै केसीले हामीलाई सोधे केही समस्या छ रु हामीले छैन भ¥यौ । समस्या भए भन्नु है उनको जवाफ त्यही थियो । समस्या हाम्रा पनी थिए हाम्रा साथीहरुका पनी थिए । संचारमाध्यममा काम गर्ने रिर्पोटरहरु दैनिक हिडनु नै पर्छ । सबै श्रोत र साधनहरु जोहो गर्नै पर्छ । त्यो पनी लकडाउनको समयमा सबै श्रोत साधनहरु जोहो गर्नु हामीलाई नै चुनौती थियो । चिया गफपछी हामी रिर्पोटिङ्गमा लाग्यौ उनी घरतर्फ फर्के ।

नयाँ पुस्तालाई केसीको सुझाव

वर्तमान समयमा धेरै सञ्चारमाध्यम सञ्चालनमा रहेकाले प्रतिष्पर्धा गर्नसक्ने र क्वालिटी समाचार दिनसक्ने गरी मिडियामा आउन नयाँपुस्तालाई उनको सुझाव छ । आम मान्छेले गुणस्तरीय समाचार खोज्ने भएकाले धेरै मिहिनेत, अध्ययन गरेर, खारिएर आफूले केही गर्नसक्छु भन्ने साहसको साथ नयाँपुस्तालाई मिडियामा आउँदा सबैले स्वागत गर्ने उनको विश्वास छ । दिगो रुपमा लाग्ने र केही गर्छु भन्नेलाई समस्या नभएको उनी बताउँछन् । उनले पत्रकारितामा लोकप्रियता कमाउने प्लेट फर्म भएकाले असल सोच र संकल्पको साथ लक्ष्यमा पुग्न निरन्तर साधना र तपस्यामा लाग्नुपर्ने उनको सुझाव छ । पत्रकारिताको दायरा फराकिलो भए पनि सहज भने नभएको उनी सुनाउँछन् । कहाँ, कस्तो घटना तथा विषयवस्तुमा समाचार लेख्ने हो, अरुभन्दा कसरी फरक र छिटो तरिकाबाट समाचार लेख्ने भन्ने कुराले गर्दा पत्रकारले हरेक दिन लेखनकला राम्रो भएको व्यक्तिले पत्रकारिता गर्न सक्ने उनको बुझाइ छ । लेखक : एस.वि.एस. बाँके 

प्रतिक्रिया दिनुहोस