बर्दियाकाे राजापुरमा संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ।

 

दुर्गा आचार्य
बर्दिया,जेठ,१।बर्दियाको राजापुर नगरपालिका –५ बदालपुरकि कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ३९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बालिकासँग सम्र्पक आएका र कैलालीबाट आउने क्रममा सम्र्पक भएका ३९ जनाको स्वाब रिपोर्ट नेगिेटभ आएपछि राजापुर वासीथोरै भएपनि ढुक्क भएका छन्। बालिकाको सम्पर्कमा रिक्सा चालक, एम्बुलेन्स चालक र राजापरको किसान माबि बदालपुरमा क्वारेन्टिनमा बसेकाको ३९ जनाको रिपार्ट नेगेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । कैलालीबाट आउने क्रममा सम्र्पक भएकाको रिपार्ट नेगेटिभ आएको र बालिकाको सम्र्पकमा गाउँका कोहि पनि नआएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रमुखजिल्ला अधिकारीको भनाई छ ।कैलालीबाट आएपछि बालिकालाई सिधै क्वारेन्टाइनमा राखिएका कारण गाँउवासी डराउनुपर्नै अवस्था नभएपनि शर्तक हुनुपर्ने लामिछानेले वताए । ।संक्रमित बालिका चैत ३ गतेदेखि बैशाख १६ गतेसम्म कैलालीको मजगाउँ र भजनीमा बसेकि थिइन । कैलालीले पनि भजनी र मजगाउँका १ सय ८९ थ्रोट स्वाब संकलन गरेपनि रिपार्ट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयकैलालीका प्रमुख ललित धामीले वताएका छन् । बर्दियामा अहिले सम्म ३ हजार ३सय ३५ आरडिटी र ५ सय ८४ स्वाब संकलन नमूना पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरिले जानकार िगराएका छन्। आरडिटी सबै नेगेटिभ रिपार्ट आएको र स्वाबबाट गरिएको परीक्षणमा १ जना बालिकाको मात्र पोजेटिभ रिपार्ट आएको गिरिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस