डुवामा ६६ जनालाई क्वारेन्टाइनमा राखियो

डुडुवा (बाँके) १ जेठ । बाँके डुडुवा गाउँपालिकामा थप ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न स्थानबाट अलपत्र परेकाहरु नेपाल भारत सिमा नाकामार्फत फर्किएपछि बुधबार विहान ४३ जना र गएराती २३ जनालाई क्वारेन्टाइन गरिएको हो ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ स्थित बनकट्टी माबिमा स्थापना गरिएको १०० वेडको क्वारेन्टाइनमा ति व्यक्तीहरुलाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा खानेपानी, शौचालय, स्वास्थ्य सरसफाईको व्यवस्था, साबुन, हेण्डवास, सेनीटाइजर खाना लगायतको व्यवस्था गरिएको छ ।
नेपाल भारतको सिमा नाकामा अलपत्र परेका नेपालीहरु फर्कर्ने क्रम बढेकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । सिमा नाकासंग जोडिएको गाउँपालिका भएकाले भारतबाट दैनिक रुपमा फर्कने नेपालीहरु बढेपछि गाउँपालिकामा क्वारेन्टाइनको संख्या समेत बढाउन थालिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइन स्थापना तथा कोरोना संक्रमणको रोकथाम, लगायतका विषयमा रणनिति बनाउन आज विहीबार दिउसो पालिकामा सर्बदलिय बैठक डाकिएको छ ।
बैठकले पालिकामा कति वटासम्म क्वारेन्टाइन निमार्ण गर्ने, सिमा नाकामा कडाइ, चेकजाँच, तथा स्थानीय तहको भुमिका लगायतका विषयमा निर्णय गर्ने छ । गाउँपालिकामा अहिले ४ स्थानमा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस