पाँच सय सात घर परिवारलाई राहत वितरण

बझाङ जिल्लाको हिमाली गाउँपालिकाले बाँके जिल्लामा बसोबास गरी रहेका पाँच सय ७ घर परिवारलाई राहत वितरण गरेको छ । हिमाली गाउँपालिकाले जिल्ला भन्दा बाहिर रहेर बसोबास गरीरहेका नागकिरलाई राहत वितरण गरेको हो । के.आई सिंहको संयोजत्वमा पहिलो चरणको राहत वितरण भएको छ भने राहत अभियानमा जीवराज पाण्डे, हरिकेश पाण्डे, सुशिल पाण्डे, कर्ण प्रसाद पाण्डे लगायतको सहभागिता रहेको छ । साथै हिमाली गाउँपालिकाले १० केजि चामल २ केजि दाल १ पाकेट नुन १ पकेट तेल प्रति परिवार वितरण गरिएको जानकारी दिएको । यसका साथै गाउँपालिकाले कैलाली, काठमाण्डांै, बुटवल, रुपन्देही, बाँके, बर्दिया, सुर्खेत, दाङ मा रहेका आफ्ना नागरिकलाई सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस