बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज, जेठ ५ । बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा आज परिक्षण गरिएका स्वाब मध्ये ४७ जनामा कोरोना पुष्टि भएको हो । ४६ जना पुरुष र १ महिलामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले आज मिडिया विफ्रिङमा थप ४७ जनामा कोरोना देखिएको बताउनुभयो ।

यो संगै नरैनापुरमा मात्रै ५६ जना संक्रमित भएका छन् भने बाँके जिल्लाभर संक्रमित हुनेको संख्या ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस