बाँकेका पत्रकार केसीको नेतृत्वमा अस्पतालका बिरामीलाई सहयोग

एस.एम.बि बाँके मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेका २ सय जना विरामी कुरूवाहरूलाई मास्क ,सेनिटाइजर र बिहानको खाजा नास्ता वितरण गरिएको छ ।  गोल्डेन एज अनलाईन प्रा.ली.का प्रकाशक एवं प्रेस युनियनका केन्द्रिय सदस्य जयशिह केसीको सहयोगमा अस्पतालमा रहेका बिरामी र कुरुवाहरुलाई विहानको खाजा सँगै मास्क र सेनेटाएजर वितरण गरिएको थियो ।
कोरोना भाइरस कोविड १९ का कारण हरेक क्षेत्रमा अप्ठयारोमा परेमा नागरिकहरुलाई सहयोग गर्ने क्रममा मंगलबार अस्पतालका बिरामी र कुरुवाहरुलाई सहयोग गरिएको बताए । अस्पतालमा उपचारको क्रममा रहेका सबै बिरामीहरुलाई सेनिटाइजर र मास्क प्रयोग र सामाजिक दुरी कायम गरी सुरक्षित हुन समेत केसीले सुझाब दिएका थिए । मानविय सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने मान्यताका साथ केसीले यस भन्दा पहिले पनी कोहलपुर नेपालगञ्जमा रहेका संञ्चाकर्मी , अति विपन्त तथा असाय व्यक्तिहरुका लागी आफ्नै नेतृत्वमा सहयोग गर्दै आइरहेका छन् ।
मंगरबार मास्क,सेनिटाइजर र खाजा वितरण कार्यक्रममा लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि.का प्रवन्ध निर्देशक डा.सुरेश कनोडिया, लायन्स क्लव अफ कोहलपुरका पुर्व अध्यक्षद्वय चिन्तामणी धिताल, लक्ष्मण राज पौडेल, ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्द, क्रियाशील पत्रकार समूहका अध्यक्ष निर्मल आचार्य लगायतले सहजिकरण गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस