पत्रकार केसीको अगुवाईमा छिमेकी जिल्ला बर्दियाका पत्रकारहरुलाई सहयोग

एस.एम.वि बाँके २०७७ जेष्ठ ८ बिहिबार  कोरोना भाइरसका कारण देश लामो समयदेखी लकडाउन भइरहेका बेला बाँके जिल्ला निबासी नेपाल पे्रस युनियनका सदस्य एवं पत्रकारिता क्षेत्रका अभिभावक जय शिह केसीले सामाजिक कार्यमा सहयोगको निरन्तरता दिएका छन् । कोरोना भाइरसका कारण देश लकडानउका सामना खेपीरहेका बेला श्रमजिवी पत्रकारले सामाजिक सेवा संगै पत्रकारिता गर्नु निकै चुनौती पुर्ण देखीन्छ । लकडाउनको शुरुवाती देखी बाँकेको कोहलपुरमा अति विपन्न असाय परिवारका लागी राहत वितरण देखी संचारकर्मीको पिरमर्का र समस्याको समाधान गर्दै आएका केसीले बिहिबार आफ्नो सहयोगमा बर्दिया जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सेनिटाइजर,मास्क,ग्लोव्स वितरण गरेका छन् । उक्त सामग्री वितरणका बर्दिया जिल्ला पुगेका नेपाली काग्रेस बाँकेका जिल्ला सदस्य चिन्तामणी धिताल प्रजातान्त्रीक व्यवसाय संघ बाँकेका सह सचिव लक्ष्मण राज पौडेल ,कोहलपुर उद्योग वाणिज्य संघका सदस्य युवा सफल व्यवसायी चण्डी प्रसाद गैरेको टोली सामग्री वितरणका लागि बिहिबार बर्दिया पुगेको थियो ।
कार्यक्रममा बोल्दै युवा व्यवसायी तथा बाँके प्रजातान्त्रीक व्यवसायी संघका सह सचिव लक्ष्मण राज पौडेलले संचारकर्मीले लकडाउनको समयमा पनी पत्रकारहरुले सक्रियता उच्च मनोवलका साथ आफ्ना क्रियाकलाप संचालन गरेकाले पत्रकार थप प्रेरणाको श्रोत बनेको बताए । उक्त कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका सदस्य चिन्तामणी धिताले लकडाउनका कारण मर्कामा परेका सबै व्यक्तिहरुलाई मानविय धर्मका नाताले पनी सहयोग गनुपर्ने बताए । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काग्रेस जिल्ला कार्य समिती सदस्य चिन्तामणी धितालले पत्रकारहरु निकै जोखिममा भएकाले आम नागरिकहरु सहयोग गर्नुपर्ने र सहि सुचना सम्वाह गर्ने पत्रकारहरु मास्कको भरमा आफ्ना गतिविधी संचालन गरेकाले आम पत्रकारलाई धन्यवाद समेत व्यक्त गरे । बाँकेको कोहलपुर नेपालगञ्ज मात्र नभई छिमेकी जिल्लाका पत्रकारहरुको लकडाउनको अवस्थामा भोगिरहेको पिडा समस्या र आफुले गर्नुपने सहयोगका बारेमा पत्रकार केसीले सुझाब संकलन गरेका छन् । केसी भन्छन् लकडाउनका कारण आम पत्रकारिता क्षेत्रमा आवद्ध संचारकर्मीहरुको समस्या आफुले समधान गर्नुृपर्ने दायित्व भएकाले बर्दियाका क्रियाशिल पत्रकारलाई सहयोग गरेको बताए । सामग्री वितरण कार्यक्रममा नेपाल प्रेस युुनियनका पूर्व केन्द्रिय उपाध्यक्ष युवराज श्रेष्ठ र वर्दिया जिल्लाका प्रेस युनियनका जिल्ला अध्यक्ष विनयराज भन्डारीको रोवहरमा ५० थान मास्क ,सेनिटाईजर ५० थान र १ हजार थान ग्लास (प्रन्जा) हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा वर्दियाका प्रेस युनियनका पदाधिकारी तथा पार्सद र सदस्यहरुको सहभागिता रहेको छ । पत्रकार केसीका अनुसार बाँके र बर्दियाका रिर्पोटिङ्गमा हिडने पत्रकारका समस्याहरुलाई समधान गर्ने कार्य जारी रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस