हरेक नेपालि जनता किन कांग्रेस हुने ? हेर्नुहाेस् भिडियो

२००७, फागुनको क्रान्ति नेपालको राजनीतिक इतिहासको एक महत्वपूर्ण काल विभाजक मिति हो। त्यसयताका दशकहरुमा आएर यस मितिको महत्वको अवमूल्यन गरिँदै छ । सात सालको क्रान्ति लगत्तै यसको अवमूल्यन सुरु भएको थियो।

राजा महेन्द्रले सात सालको क्रान्तिको अवमूल्यनलाई उचाइमा पुर्याए। सात सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा आम जनताको ठूलो पहलकदमीबाट भएको थियो भन्ने कुरा ओझेल पार्ने कोशिस गरियो। राजा त्रिभुवन नै त्यस क्रान्तिका नियामक थिए। उनै हर्ताकर्ता थिए र उनैका कारणले यो प्रजातन्त्र आएको थियो भन्ने तथ्यलाई राजा महेन्द्र स्वयं र उनका समर्थकले प्रचार गर्न चाहन्थे।

पञ्चायत व्यवस्थाको सिंगो कालखण्डमा सात साल फागुनलाई श्री ५ त्रिभुवनको जन्म दिवसको रुपमा मनाइन्थो। तर यो विवाद राजा महेन्द्रको पालामा मात्र सुरु भएको होइन। सात सालको क्रान्तिको लगत्तै त्यस क्रान्तिको उत्तराधिकारको विषयमा हानाथाप भएको थियो।  राजा त्रिभुवन नै त्यस क्रान्तिका नियामक थिए। उनै हर्ताकर्ता थिए र उनैका कारणले यो प्रजातन्त्र आएको थियो भन्ने तथ्यलाई राजा महेन्द्र स्वयं र उनका समर्थकले प्रचार गर्न चाहन्थे।

बीपी कोइरालाद्वारा नेतृत्व गरिएको नेपाली कांग्रेसलाई सात सालको क्रान्ति आफ्ना कारणले भएको हो भन्ने विश्वास थियो। भारत सरकारले बेग्लै सोच्थ्यो। राजा त्रिभुवनको झन अर्कै सोच थियो। यस किसिमका युगान्तकारी घटनाले जहिले पनि यस्ता विवादको सृजना गर्छ। ती ऐतिहासिक घटनाका नजिक रहेका पात्रहरुले आफ्नो परिवेश, आफ्नो परिस्थिति, स्वयं आफूलाई र आफ्नो गतिविधिलाई ठिक ढंगले बुझ्न सकिरहेको हुँदैन। घटनाको नजिक भएको व्यक्ति त्यस घटनाका विषयमा भावावेशमा आभिष्ट हुन्छ। त्यस पृष्ठभूमिका बीपी, राजा त्रिभुवन र तत्कालीन भारतीय राजदूत सिपिएन सिँह प्रत्येकले सात सालको क्रान्तिको नेतृत्व दावा गर्नु आश्चर्यजनक होइन।

उनीहरु तीनै जनालाई तत्कालीन इतिहासको ज्ञात थिएन। आजको ऐतिहासिक परिवेशमा फर्केर हेर्ने हो भने एउटा कुरा प्रस्ट हुन्छ, यी तीनजना आफू स्वयं अविक्रमका वहाक नभएर धेरै नै आधारभूत किसिमको, सामाजिक आर्थिक घटनाक्रमको अभिव्यक्तिमात्र थिए। तीनै सामाजिक र आर्थिक घटनाक्रमले यिनीहरुको शत्प्रयासलाई सफल बनाएको थियो।  होइन भने पचास वर्षअघि मात्र यस किसिमको अभियान सफल हुने थिएन।

यताका दशकहरुमा त्यस विषयमा प्रशस्त शोधकार्यहरु भएका छन्।  ती शोधकार्यहरु दुर्भाग्यवश विश्वविद्यालयका पुस्तकालयमा थन्केर रहेका हुन्छन्। तर, एउटा कुरा सबै विद्वानहरुले राम्ररी भनेका छन्–क्रान्ति मुलतः पुरानो व्यवस्थाको अन्तरविरोधका कारणले हुन्छ। पुरानो राज्य प्रणाली निरन्तर अक्षम भइरहेको हुन्छ, पुराना शासक पतनोन्मुख भइरहका हुन्छन्। पुराना शासकको आत्मविश्वास खिइँदै गइरहेको हुन्छ। ठिक त्यसै बेलामा ओजश्वी अभियान प्रारम्भ हुन्छ। र त्यस अभियानको नेतृत्व र जस कसले लिन्छ, त्यो गौण भएर जान्छ।

क्रान्ति कसरी हुन्छ? क्रान्तिको परिभाषा के हो? क्रान्तिको महत्पूर्ण कारकतत्व के हुन्छ? व्यक्ति क्रान्तिमा कति महत्वपूर्ण हुन्छ? यताका दशकहरुमा त्यस विषयमा प्रशस्त शोधकार्यहरु भएका छन्।  सात सालको क्रान्तिलाई बुझ्न सर्वप्रथम हामीले राणा शाहीको अन्तर विरोधलाई बुझ्नुपर्छ। अन्य कुनै कारण भन्दा राणाशाहीको पतनको कारण उनीहरुबीचको अन्तर विरोध नै प्रमुख थियो। र त्यो अन्तर विरोध अत्यन्त चर्को थियो। यस आधारभूत तथ्यलाई हृदयंगम गरेपछि मात्र हामी नेपाली कांग्रेसको देनका उपर जान्छौं। नेपाली कांग्रेसको देनका अगाडि भारत सरकारको अभिक्रम र राजा त्रिभुवनको पलायनको कथापनि तुलनीय छ।

भारत सरकारको निश्चयनै ठूलो भूमिका थियो। किन थियो, के थियो र कुन कारणले थियो भन्ने कुरा अब इतिहासको विषय भइसकेको छ। भारत सरकार र नेपाली कांग्रेसकाबीचमा सामन्जस्य हुन सकेको भए कदाचित् राजशाहीले यत्रो धेरै महत्व पाउने थिएन। र त्यो संभव पनि थिएन। नेपाली कांग्रेसलाई हामीले धन्यवाद दिनुपर्छ, किनभने सात सालको क्रान्तिको भावनालाई नेपाली कांग्रेसले नै अगाडि बढाउने कोशिस गर्यो। सात सालको क्रान्तिमा जनु सन्देश र जनादेश थियो, त्यो नेपाली कांग्रेसको सिद्धान्त थियो। यताका दशकमा सात सालको क्रान्तिको अवमूल्यनका धेरै प्रयासहरु भए। क्रान्तिको रापताप रहँदै तत्कालीन युवराजधिराज सात सालको क्रान्तिको खिल्ली उडाउन थालेका थिए। महेन्द्र बलियो भएपछि त सात सालको क्रान्तिमा जनताको भूमिका थियो भन्ने कुरा धुमिल भएर गयो। नेपाली कांग्रेसको चर्चासमेत भएन। राजा त्रिभुवन नै सात सालका क्रान्तिका नियामक, नियोजक र हर्ताकर्ता थिए भन्ने कुरा जोडदार रुपमा आयो।

यो एउटा अतिवाद थियो। दक्षिणपन्थी अतिवादको उदाहारण थियो। ठिक त्यसैगरी बामपन्थीहरुले कहिल्यै पनि सात सालको क्रान्तिलाई आत्मसात गरेनन्। सात सालको क्रान्ति भारत सरकारको प्रेरणाले भएको थियो र भारतीय विस्तारवादको प्रयोगमा भएको थियो। भारतीय साम्राज्यवादको कठपुतलीको रुपमा नेपाली कांग्रेस आगाडि आएको थियो भन्ने कुरा बामपन्थीहरुले सधैं भन्ने गर्थे।

नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थापना सम्मेलनदेखि लिएर प्रचण्डको जनयुद्धसम्म कम्युनिष्टहरुले सात सालको क्रान्तिको अवमूल्यन गरे। त्यो अवमूल्यन अहिले पनि जारी छ। अहिले पनि मानिसहरु भन्छन्, सात सालको क्रान्तिले के गर्यो? कुनै पनि क्रान्ति अध्ययनको यो गम्भीर विषय हो। कुन क्रान्तिले के पो गर्छ त?  यताका दशकमा सात सालको क्रान्तिको अवमूल्यनका धेरै प्रयासहरु भए। क्रान्तिको रापताप रहँदै तत्कालीन युवराजधिराज सात सालको क्रान्तिको खिल्ली उडाउन थालेका थिए। महेन्द्र बलियो भएपछि त सात सालको क्रान्तिमा जनताको भूमिका थियो भन्ने कुरा धुमिल भएर गयो। नेपाली कांग्रेसको चर्चासमेत भएन। राजा त्रिभुवन नै सात सालका क्रान्तिका नियामक, नियोजक र हर्ताकर्ता थिए भन्ने कुरा जोडदार रुपमा आयो।

क्रान्तिका बारेमा अध्ययन मनन गर्ने मानिसहरुमध्ये एउटा पक्षले बडो जोडदार रुपमा भनेका छन्–जस्तै रक्त रञ्जित क्रान्तिले पनि आधारभूत रुपमा केही गर्दैन। फ्रान्समा क्रान्तिकारी रक्तपात भइरहेका बेलामा बेलायतका नामी दार्शनिक एडमण्डवर्र्कले फ्रान्सेली क्रान्तिका विषयमा बारम्बार बोलेका र लेखेका थिए। उनको त्यो निष्कर्ष थियो–क्रान्तिले कहिले पनि केही गर्दैन। क्रान्ति हुन्छ, पुराना शासक जान्छन्, नयाँ शासक आउँछन्। ती नयाँ शासकपनि विस्तारै पुराना शासक हुन्छन्। एडमण्डवर्कको भनाइ साह्रै निराधार थिएन। विद्वानहरुले अंग्रेजी राज्य क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र रसियन राज्य क्रान्तिको अध्ययन गरेका थिए। सारा कर्मचारी, सेना, प्रहरी गुप्तचरसमेत, हुँदा हुँदा मन्त्रीसमेत एक चरणपछि उनै पुराना मान्छे हुन पुग्छन् भनेर उनीहरुले टिप्पणी गरेका छन्।

नेपालको अहिलेको राजनीतिमा सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द र दिपक बोहोरा ०४६ सालको क्रान्ति लगत्तै प्रभावशाली देखिुन आश्चर्यजनक घटना होइन। यस्ता घटना प्रत्येक देशमा भएका छन्। विश्व नै थर्काउने रुसी क्रान्तिमा पनि भएका छन्। क्रान्तिको प्रतिमान रहेको फ्रान्सेली क्रान्तिमा पनि भएका छन्।

यसले हामीलाई सात सालको क्रान्ति, ०४६ सालको परिवर्तन र अहिले ०६२÷०६३ को आन्दोलनले निरास बनाउनु हुँदैन। हामीले मान्छेको अनुहार हेर्नु हुँदैन र गहिरिएर सोच्नुपर्छ। धेरै सोच्नुपर्छ सात सालको क्रान्तिले मान्छेका बारेमा के काम गर्यो त भनेर? नेपालमा त्यतिन्जेलसम्म मुखै कानुन थियो। ‘हुकुमको जवाफ छैन र कालको औषधि छैन’ भन्ने मनस्थिति थियो।  सात सालको क्रान्तिमै संविधानसभाको नारा थियो र त्यो पछि भएरै छाड्यो। यति हुँदाहुँदै पनि किन हो विभिन्न बामपन्थीहरु खसगरी पछिल्लो चरणमा माओवादीहरुले सात सालको क्रान्तिको निकै उपहास गरे। निश्चय नै त्यो उपहास सात सालको क्रान्तिको होइन, क्रान्तिका विषयमा उनीहरुको समझादारीको अधुरोपन हो।

सात सालको क्रान्तिले सर्थप्रथम त्यस विचारधारको अन्त्य गर्यो। नेपालमा कानुनको शासनको अवधारणा बतायो। त्यो कानुनको शासनको अवधारणको पहिलो दस्तावेज थियो, सात साल अगाडि ल्याइएको अन्तरिम संविधान। अन्तरिम संविधान निश्चय पनि पालना भएन। त्यो अन्तरिम संविधानका सिद्धान्त कहिले पनि असान्दर्भिक छैनन्। त्यही सिद्धान्तमा टेकेर हामी संविधानका विषयमा छलफल गरिरहेका छौं। पहिला हामीले संविधान बनायौं त्यसपछि हामी संविधानमा रहेका विवाद सल्ट्याउन कोशिस गरिरहेका छौं।  सात सालको क्रान्तिले सत्ताको स्रोत जनता हो भन्ने कुरा पहिलो पटक कानुनमै स्थापित गर्यो। निश्चय पनि यो आजपनि पूर्ण स्थापित भएको छैन। तर सिद्धान्तको रुपमा यसको आलोचना र विरोध गर्ने हिम्मत पनि कसैलाई छैन।

सात सालको क्रान्ति लगत्तै राजा महेन्द्र प्रतिक्रान्ति गर्न सफल भए। प्रतिक्रान्ति गर्दैगर्दा पनि उनले विकासका दिशामा कनुनको शासनका अन्य अंगका विषयमा प्रशस्त काम गरे। अदालतको प्रतिष्ठा, कानुनको शासनको प्रतिष्ठा, योजना आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक सबै सात सालको क्रान्तिमा बनेको अन्तरिम संविधानको अनुसूचिमा सूचिकृत थिए। तीनलाई कसैले पनि उल्लघन गर्न सकेनन्।

सात सालको क्रान्तिमै संविधानसभाको नारा थियो र त्यो पछि भएरै छाड्यो। यति हुँदाहुँदै पनि किन हो विभिन्न बामपन्थीहरु खसगरी पछिल्लो चरणमा माओवादीहरुले सात सालको क्रान्तिको निकै उपहास गरे। निश्चय नै त्यो उपहास सात सालको क्रान्तिको होइन, क्रान्तिका विषयमा उनीहरुको समझादारीको अधुरोपन हो।

प्रतिक्रिया दिनुहोस