no-image

महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत अग्नीमोटो इन्कले ‘डिलर मिट’ सम्पन्न गरेको छ ।
साउन १५–१७ मा पोखराको सांग्रिला होटेलमा भएको उक्त डिलर मिटमा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो ।
तीनदिने लामो सम्मेलन ‘राईडिङ टुगेदर वी रीड टु सक्सेस’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो ।
कार्यक्रममा ब्रान्डको बिकासको लागि अहिलेसम्म भएका उपलब्धि, मुल्यांकन र आगामी  रणनीतिबारेमा छलफल समेत भएको थियो ।
नेपालभरका डिलरहरु र भारतको महिन्द्रा एंड महिन्द्राका कन्ट्री म्यानेजरको सहभागिता रहेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका डिलरहरुलाई अवार्ड दिइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस