दायित्व पूरा नगर्दा नेविसंघ अध्यक्षको राजीनामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकोले राजिनामा दिएको वताउनुभएको छ । यही माघ १० गते नै समय अवधि सकिइसक्दा पनि एउटा पनि प्रभावकारी काम गर्न नसेकेकोले राजिनामा दिएका र नैनसिंह महरको नेतृत्वमा गरिएका सवै सिफारिसको कुनै अर्थ नरहने उहाले स्पष्ट पार्नुभयो । आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उहाले अव छिट्टै काग्रेसको केन्द्रिय कमिटीले नेविसंघको नया नेतृत्व चयन गर्ने जानकारी दिनुभयो । उहाले नेविसंघको विधानमा कसैलाई तोकेर चिठ्ठीमार्फत चयन गर्ने परिपाटी नभएको र यसरी काटिने चिठ्ठीको कुनै अर्थ नहुने दावी गर्नुभयो । नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउदै जनताको आशा निराशामा परिणत गरेको वताउनुभयो । उहाले सरकारको कुनै गति पनि नभएको र विधिमा पनि नचलेको आरोप लगाउनुभयो । काग्रेसले भर्खर मात्रै प्रतिपक्षको भूमिका निर्वाहा गर्न लागेको भन्दै उहाले संसदमा भएका सदस्यहरुलाई खवरदारी गर्न निर्देशन समेत दिएको वताउनुभयो

प्रतिक्रिया दिनुहोस