नेपालगन्जमा जारी प्रादेशिक महाेत्सवमा ु आईतबार कालीप्रसाद बास्कोटा, चन्द्र शर्मा आउँदै ।

नेपालगन्ज २६ फाल्गुण ः नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा आईतबार बिशेष सांगीतिक प्रस्तुती हुने भएको छ । चर्चित गायक कालीप्रसाद बास्कोटा, चन्द्र शर्मा, अनिता चलाउनेको बिशेष प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।
उनका अनुसार आज आईतबार नै अमेरिकी नागरिक तथा नेपाली लोग गीतका क्षेत्रमा पिएचडी गर्ने अनाको पनि सहभागि रहने छ । फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ ।
महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कारोवार समेत भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक टंक धामीले जानकारी बताए । उनका अनुसार अटोमोवाईल, खाद्यन, लत्ताकपडा जस्ता सामाग्रीहरुको बिक्री बितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस