मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरको बजेट सुबिधामुखी, पदाधिकारीको सुविधाकालागि न.पा. बजेटको ठुलो हिस्सा
  • मार्गरेखा संवाददाता

  • प्रतिबर्ष घर भाडा वापत १६ लाख रुपैयाँ खर्च गदै आएको कोहलपुर नगरपालिकाले भवन निर्माणका लागि ४० लाख बजेट छुट्याएको छ ।

    कोहलपुर नगर पालिकाको अधिकाशं वडा तथा नगर कार्यालय सबै भाडाकै घरमा सञ्चालित छन् । कोहलपुर नगरपालिले सवारी साधन खरिदका लागि भनेर यस आर्थिक बर्षमा मात्रै ९० लाख र अन्य मेसिनरी समान खरिदका लागि थप ४० लाख छुट्याएको छ । यस बाहेक पदाधिकारी भत्ता ७० लाख, पोषाक ४ लाख ५० हजार, औषधी उपचार खर्च १ लाख ५० हजार, महँगी भत्ता ६ लाख ६० हजार, फिल्ड भत्ता २ लाख छुट्याइएको छ ।

    यस्तै अन्य भत्ता ५ लाख, पदाधिकारी बैठक भत्ता ३० लाख, पदाधिकारी अन्य सुबिधा ५५ लाख, पदाधिकारी अन्य भत्ता १० लाख, पदाधिकारी ईन्धन ५ लाख छुट्याइएको  छ । भौतिक पुर्वाधार बिकास तर्फ हरेक वडाका ६५ लाखको हाराहारीमा बजेट बिनियोजन गरेको नगरपालिकाले यसै आर्थिक बर्षका लागि कर्मचारी प्रोत्साह र पुरस्कारका नाममा आन्तरिक श्रोतबाट १ करोड रुपैयाँ छुट्याइएको नगरपालिका श्रोतले जानकारी दियो । यस्तै नपाले जनप्रतिनिधी र कर्मचारी अवलोकन भ्रमण १० लाख, जन प्रतिनिधी क्षमता बिकास ५ लाख छुट्याइएको छ ।
    भौतिक पुर्वाधार तर्फ वडागत रुपमा वडा नं. १ मा ६१ लाख ६७ हजार, वडा नं. २ मा ३ लाख १९ हजार, वडा नं. ३ मा ६७ लाख ४० हजार, वडा नं. ४ मा ६३ लाख ९ हजार, वडा नं. ५ मा ६७ लाख ४० हजार, ६ मा ६७ लाख ४० हजार, वडा नं. ७ मा ७१ लाख ७० हजार वडा नं. ८ ६७ लाख, वडा नं. ९ मा ६५ लाख ९ हजार, वडा नं. १० मा ७१ लाख १६ हजार, वडा नं. ११ मा ७० लाख ६२ हजार, वडा नं. १२ मा ६७ लाख, वडा नं.ं १३ मा ७१ लाख ७० हजार, वडा नं. १४ मा ८० लाख ३१ हजार र वडा नं. १५ मा ८० लाख ३१ हजार बजेट गरि कोहलपुर नगरपालिकाको वार्षिक बजेट ५० करोड १ लाख ५१ हजारको बजेट अनुमोदन गरेको छ ।

    बजेटमा आयतर्फ कर तथा राजस्वबाट ४ करोड ४८ लाख ७० हजार उठाउने लक्ष्य राखिएको छ । बजेटमा सशर्त अनुदान तर्फ १० करोड ८ लाख ७५ हजार र बित्तीय समानिकरण अनुदान तर्फ ३२ करोड २० लाख ६ हजार गरी ४२ करोड २८ लाख ८१ हजार अनुदान प्राप्त हुने लक्ष्य राखिएको छ ।

    कुल अनुमानित बजेट मध्ये प्रशासनिक तथा चालु खर्च तर्फ रु. ८ करोड ७९ लाख ६७ हजार २ सय र विकास तथा पुँजिगत खर्च तर्फ रु. ४१ करोड २१ लाख ८३ हजार ८ सय बिनियोजन गरिएको छ । कुल विकास तथा पुँिजगत बजेट मध्य आर्थिक विकासमा २ करोड १६ लाख ४५ हजार सामाजिक बिकासमा ११ करोड ४१ लाख ९ हजार रुपैयाँ बिनियोजन गरिएको छ । यसैगरी पूर्वाधार बिकासमा २३ करोड ९ लाख २९ हजार ८ सय , वाताबरण तथा बिपद् ब्यवस्थापन तर्फ १ करोड ७५ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा २ करोड ६० लाख तथा बित्तिय ब्यबस्थापन तथा सुशासनमा २० लाख बिनियोजन गरिएको छ ।

    बजेटमा थारु संग्राहलय र थारु संस्कृतिमा आधारित होमस्टे कार्यक्रम पनि समाबेश गरिएको छ । बजेटमा कोहलपुर चौराहमा पार्क निर्माण र
    रक्षा सामुदायीक बनमा शान्ति बाटिकाको लागी ४२ लाख ५० हजार रकम बिनियोजन गरिएको छ । कोहलपुरको गोलपार्कमा घन्टाघर निर्माणका लागी ३० लाख बजेट छुट्याईएको छ । पदाधिकारी तथा कर्मचारीमा बजेटको ठेलो हिस्सा खर्चिएको नगरपालिकाले यस क्षेत्रकै गौरवको रुपमा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानलाई भने उपेक्षा गरेको छ ।

     

  • १५ भाद्र २०७४, बिहीबार २०:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित