मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशको निर्वाचन पनि पुर्ण सफल हुन दाबी प्रधानमन्त्री शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • कञ्चनपुर भाद्र १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको बताउँदै उनले अब तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशको निर्वाचन पनि पुर्ण सफल हुन दाबी गरे । शुक्रबार प्रेस युनियन कन्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणको पञ्चेश्वर परियोजनाको एक महिना भित्र डिपिआर तयार गरेर योजना अघि बढाउनुका साथै मेची पुल भारतले बनाउनले सम्झौता भएको बताए ।

    देउवाले संविधान पुर्ण कार्यान्वयनको बाटोतिर उन्मुख भएको बताए । । स्थानीय तहको निर्वाचनसंगै मंसिरमा हुने प्रदेश र संघको निर्वाचन पनि सफल हुने आशा व्यक्त गर्दै प्रधानमन्त्री देउवाले अब मुलुक संविधान पुर्ण कार्यान्वयन तिर उन्मुख भएको बताए । संविधान कार्यान्वयनसंगै मुलुकमा शान्ति र आर्थिक उन्नती हुने समेत उनको भनाइ छ ।
    महाकाली नदीमा बन्ने पक्की पुलको शिलान्यास गरेका प्रधानमन्त्री देउवाले पुल निर्माण संगै ७ नम्बर प्रदेश लगायत सिङ्गो नेपालकै आर्थिक विकास हुने बताए । प्रधानमन्त्री देउवाले भारत भ्रमण सफल र उपलब्धीमुलक भएको समेत बताए । आफु भारत भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिका दोधाराचाँदनीमा सुक्का बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माण र कैलाली जोड्ने भारतको गौरीफन्टा नाका खुल्ने विषयमा सम्झौता भएको समेत बताए । भारत भ्रमण पुर्ण नेपालको हितमा भएको बताउदै ७ नम्बर प्रदेशमा पुल, पञ्चेश्वर परियोजना संगै यहाँको विकासका कार्यापलट हुने उल्लेख गरे । मुलुक आर्थिक विकास तर्फ उन्मुख भएको समेत प्रधानमन्त्री देउवाको भनाइ छ ।
     

  • १६ भाद्र २०७४, शुक्रबार १४:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित