मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछोडेको राप्रपा अध्यक्ष कमल थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भाद्र १६ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले प्रस्तुत गरेको हिन्दु राष्ट्रको संशोधनमा सत्तापक्ष र मधेस केन्द्रीत दलले ध्यान नदिएको, राप्रपा फुटाउन सरकार नै क्रियाशिल रहेकाले संशोधनमा राप्रपाले समर्थन गर्न नसकेको बताएका छन्।
    शुक्रबार राप्रपा बाँकेद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछोडेको बताए। उनले त्यही नाराका आधारमा राप्रपाले संगठन निर्माण र बिस्तार गर्ने जानकारी दिए।
    अध्यक्ष थापाले आन्तरिक विवादका कारण पार्टी फुट्दै जाने हो भने सबै पार्टीको अस्थित्व समेत खतरामा पर्ने बताए। उनले आन्तरिक समस्याका हल गर्नुपर्नेमा राप्रपाबाट एउटा झुण्ड समस्यादेखि भागेर बाहिरिएको आरोप समेत लगाए।
    राप्राले दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आप्नो दलले उच्च महत्व दिएको भन्दै अध्यक्ष थापाले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको बताए।
    उनले निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक्लाएक्लै प्रतिष्पर्धा गर्दा कमजोर हुने भएकाले राजनीतिक ध्रुवीकरणमा राष्ट्रवादी शक्तिबीच सहकार्य हुन आवश्यक भएको उनले बताए उहाँले सरकारले राजनीतिक दलहरुसँग गरेको सहमतीको आधारमा सकेसम्म एकैचरणमा प्रदेशसभा र संघको निर्वाचन गर्न सके राम्रो हुने बताए ।

     

  • १६ भाद्र २०७४, शुक्रबार १४:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित