सुर्खेत, भाद्र १६/सुर्खेत अख्तियार दुरुपयोगका घटना बढेको भन्दै अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी परेको छ । ६ प्रदेशका १० जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा धेरै उजुरी परेका हुन् । अख्तियार दुरुपयोगका सबैभन्दा कम उजुरी सल्यानबाट परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सुर्खेतका ६२ वटा उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै, सल्यानका ८ वटा उजुरीमा अनुसन्धान भइरहको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो ।आयोगको कार्यक्षेत्रभित्र परेका ६ नम्बर प्रदेशका १० वटा जिल्लाहरुमा कालिकोटका ५५, दैलेखका ४७, जाजरकोटका ४५, हुम्लाका २५, डोल्पाका १८, जुम्लाका १६ र मुगुका १४ वटा भ्रष्टाचारसम्बन्धीका उजुरीमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।