मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यस्तो छ कोहलपुर क्रिकेट स्टेडियमको गुरु योजना
  • मार्गरेखा संवाददाता

  • नगरविकास समितिले क्रिकेट मैदानका लागि जग्गा छुट्याएको १५ वर्षपछि कोहलपुर क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको छ। डिपीआरको जिम्मा पाएको एमआरबी एण्ड एशोसिएट्सले रंगशालाको ‘मास्टर प्लान’ प्रतिवेदन तयार पारि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुझाएसँगै रंगशालाको डिपिआरले अन्तिम रुप पाएको हो।

    राखेपका योजना तथा पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर अरुण उपाध्यायका अनुसार अन्तराष्ट्रिय स्तरको बन्ने उक्त रंगशाला निर्माणमा अनुमानित करिब ५० करोड रुपियाँ लागत लाग्नेछ। ७ वटा पीचहरु सहित १८ हजार बढी दर्शक अटाउने क्षमताको रंगशालाको पीचदेखि बाउन्ड्रीसम्मको दुरी ७१ मिटरसम्म रहेको राखेपले जनाएको छ। रंगशालाभित्र भीआइपी प्याराफिट, मिडिया बक्स, प्रशासकिय क्षेत्र लगायत आवश्यक सम्पूर्ण पूर्वाधार रहनेछन्।

    ‘कन्सल्टेन्सले राखेपलाई डिपीआर बुझाएको छ,’ इञ्जिनियर उपाध्यायले भने, ‘यसलाई राखेपले हेरेर अन्तिम रुप दिनेछ। त्यसपश्चात स्टेडियम बनाउँदा लाग्ने पूर्ण खर्च र समय निस्कछ।’ राखेपले बजेट र समय सहित अन्तिम रुप दिएको डिपीआरलाई अर्थमन्त्रालय पठाउने र अर्थ मन्त्रालयबाट विनियोजित भएर आएको बजेट अनुरुप निर्माणका लागि कति समय लाग्छ भनि आँकलन हुनेछ, उनले भने।

    क्षेत्रिय खेलकुद विकास समितीसँगको सहकार्यमा हाल निर्माणाधिन उक्त रंगशालामा सरकारले आर्थिक वर्ष २०७१–७२ देखि बजेट छुटयाउउदै आएको छ। सो आर्थिक वर्षमा सरकारले छुटएको ३० लाख बजेटमा जिल्ला खेलकुद विकास समिती मार्फत मैदानमा माटो भरान लगायतका काम भएका थिए। स्थानिय खेलकुद निकायहरुको लापरवाहीका कारण २०७२–७३ को ६० लाख बजेट फ्रिज भएको स्थानिय सरोकारवालाहरुको आरोप छ। पटकपटक आएको बजेटको सदूपयोग गर्न जिल्ला खेलकुद र क्षेत्रिय खेलकुदलाई ताकेता गर्दापनि बजेट फ्रिज भएकोमा मध्यपश्चिमाञ्चल क्रिकेट क्लबका सल्लाहकार संयोजक तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एल.बी क्षेत्रीले दुःख व्यक्त गरे।

    ‘२०७३–७४ मा पनि सरकारले १० लाख डिपीआरका लागि राख्दै ५० लाख रुपैया काम गर्न भनि छुट्याएको थियो,’ उनले भने, क्षेत्रिय खेलकुद कार्यालयसँगको सहकार्यमा खर्च गरिने भनिएको उक्त रकमको खर्च पनि सन्तोषप्रद छैन्।’ ‘नदिले कटान गर्ने ठाँउमा तटबन्धको कटानका लागि रकम खर्च गरिएको भनिएको छ,’ उनले भने, ‘तर हामी सरोकारवालाहरुले कहाँ,के कति खर्च भयो भनि माग्दा केही जानकारी दिइदैन्।’

    आर्थिक बर्ष २०७३–७४ मा सरकारले उक्त मैदान निर्माणका लागि १ करोड रुपैया छुट्याएको छ। सो रकम फ्रिज हुन नदिन चनाखो रुपमा लाग्नुपर्ने उनको सुझाव छ। कोहोलपुर मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने घोषणा गरेपछि मैदानको पछिल्ला तीन जना मन्त्रीहरुले अनुगमन गरिसकेका छन्। सोही क्रममा भदौ १२ गते मैदान पुगेका युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सीले मैदान निर्माण कार्य यथाशिघ्र सुरु गर्न राखेपलाई निर्देशन दिएका छन्।

    यसैगरी कोहलपुर नगरपालिकाको हालै बसेको बैठकले खेलाडीहरुको सुविधाका लागि शैचालय तथा खानेपानीको धारा निर्माणका लागि ३ लाख बजेट विनियोजन गरेको छ।

    नेपाल खबरबाट

  • १६ भाद्र २०७४, शुक्रबार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित