कोहलपुर,। साउनको अन्तिम साता आएको बाढिका कारण पूर्णरुपमा क्षति भएका बाँकेको कोहलपुर नगरपालिकाका ५४ घर परिवारलाई गैर खाद्यय राहत सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले बाढीको कारण पूर्ण रुपमा क्षति भएका कोहलपुर नगरपालिकाका ५४ घरपरिवारलाई शनिबार रातह वितरण गरेको हो ।
त्यस्तै राहत सामग्रीहरुमा त्रिपाल ५४ थान, कम्बल १ सय ७ थान, भाडा सेट ५४ थान, छिट कपडा ३ सय ७८ मिटर, पैन्ट कपडा १सय ८९ मिटर, सर्ट कपडा २ सय १६ मिटर, पाप्लाीन कपडा १ सय ८ मिटर, मर्दना धोती ५४ थान, जनाना धोती ५४ थान, बाल्टी ढक्कन सहतिको ५४ थान र डोरी ५४ थान सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यलय प्रमुख लाल बहादुर रानाले बताएका छन् । उनका अनुसार बाढी प्रभावित क्षेत्रका जनतालाई सुद्व पीउने पानीका लागि वास बाल्टीन ५४ थान समेत वितरण गरिएको छ ।
सामुदायि आवास निर्माण गर्नुपर्छ ः थापा
राहत विरतण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष संजीव थापाले विपद्मा परेका जनतलाई सुरक्षित बनाउनका लागि अब स्थानिय सरकारले सुविधा सम्पन्न सामूदायिक आवसको निर्माण गर्नुपर्ने बताएका छन् । संविधानले स्थानिय तहलाई अधिकार सम्पन्न गरेकोले स्थानिय जनता विपद्मा पर्दा सुरक्षित बासस्थानका लागि स्थानिय सरकारले सुविधा सम्पन्न सामूदायिक आवास निर्माण गर्नुपर्ने उल्लेख गरे । साथै उनले नेपाल रेडक्रसले मानविय सेवामा समर्पित भएकाले आगामि दिनमा राज्यले नेपाल रेडक्रसको कार्यलाई मूल्याङ्क गरी विशेष नीति लिनुपर्नेमा जोड दिए । “राज्यका विशेष अंग भएर हामीले विपद्मा काम गरेका छौं, त्यसैले राज्यद्वारा नेपाल रेडक्रसले गरेका कार्यहरुको उचित मूल्याङ्क हुनेछ” उनले भने “राज्यका विभिन्न निकायहरुसँग सहकार्य गरी नेपाल रेडक्रस आपद् विपद्मा साथ दिइरहेको छ ।” अध्यक्ष थापाका अनुसार जनताले घर बनाउन जमिनबाट अलि माथि उठाएर घर बनाउँदा डुबानका समस्याहरु आउनबाट कम हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर क्षेत्रमा पछिल्लो समयमा डुबानको समस्या बढ्दै गएकाले दिर्घकालिन योजना सहित कोहलपुरको ढल निकासमा जोड दिनसकेमा डुबानबाट कोहलपुर बच्न सक्ने बताएका छन् । साथै उनले अव्यवस्थित बसाईको चापले गर्दा डुबानका समस्याहरु आईरहेकाले यस्ता समस्याहरु न्यूनिकरण गर्नका लागि स्थानिय जनता र सम्बन्धित निकाय बिच सहकार्य हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै बाँके प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले बाढी प्रभावित क्षेत्रको वास्तविक अध्ययन गरी बाढीबाट प्रभावित भएका जनताहरुलाई आवश्यक पर्ने सामग्राी वितरण गरिने बताएका छन् । साथै उनले आपद् विपद्को समयमै उद्धार गर्नका लागि आवश्यक श्रोत र साधानको कमि भएकाले राज्यले तराई क्षेत्रका डुबानमा पर्ने जिल्लाहरुलाई ध्यानमा राखी श्रोत र साधानहरु उपलब्ध गराउनेपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले बाढीबाट प्रभावित भएका कोहलपुर र बैजनाथ गाउँपालिकाका जनताहरुलाई उद्धार तथा राहत वितरण गरिरहेको जानकारी गराउँदै नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरलाई स्थानिय सरकारले विशेष चासो दिनुपर्ने बताए । साथै आवश्यक श्रोत र साधानको अभावका कारण समयमै बाढीबाट प्रभावित भएका जनताहरुलाई उद्धार गर्न नसकिएको बताए । त्यस्तै कार्यक्रममा बाँके जिल्लाको बाढी विपद्को अवस्थाका बारेमा निरञ्जना मल्ल, प्रहलाद विश्वकर्माले प्रस्तुतीकरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरी, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झना, प्रहरी उपरिक्षक बाँके जिल्ला प्रहरी कार्यालय प्रमुख टेक बहादुर तामाङ्ग, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्त राज हमाल, नमस्ते नेपाल यातायात का.वा. अध्यक्ष गोविन्द पौडेल, कोहलपुर नगरपाकिलाका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा लगायत सम्पूर्ण वडा अध्यक्षहरु, कोहलपुर नगरपालिका कार्यकारी अधिकृत माधब प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।