काठमाडौं / शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी संस्थागत विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ।देशका करिब ३० हजार सामुदायिक र करिब ७ हजार निजी विद्यालयमध्ये २० छानिएका हुन्। मन्त्रालयका अनुसार सामुदायिकतर्फ ११ र निजीतर्फ ९ लाई छनोट गरिएको हो। कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका निजीतर्फ प्रदेश स्तरमा दिइने पुरस्कारका लागि प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन्। प्रदेश स्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ।
प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिकतर्फ प्रदेश नम्बर ५, ६ र ७ बाट बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन्। दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ। पुरस्कार राशि १ लाख रुपैयाँ छ