वर्दिया भाद्र १८ रनेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले विपद्मा परेका सवैको साथमा रेडक्रस सधैव रहने वताउनु भएको छ ।
वाढी प्रभावित क्षेत्रको अनुगमन तथा राहत विवरणको अवसरमा आइतवार वर्दिया आउनुभएको अध्यक्ष थापाले वाढी प्रभावितलाई राहत सहयोगमा रेडक्रसले यथासक्य सहयोग गर्ने कुरामा जोड दिनुभएको छ । आइतवार गुलरिया ११ सुर्जेगौडीमा वाढी पिडीतहरुहरुलाई रेडक्रसको तर्फवाट गैहखाद्य सामाग्री वितरण गर्दै वर्दिया जिल्लामा विपद् पुर्व तयारी तथा प्रतिकार्यमा वर्दिया रेडक्रसको भुमिका सराहनिय रहेको वताउनु भयो । उहाँले सरकारको सधै सहयोगी निकाय रेडक्रस रहेको उल्लेख गर्दै विपद्मा सधै सगसगै रहनेकुरामा जोड दिनुभयो ।
गैह खाद्य सामाग्री वितरण कार्यक्रममा वोल्दै जिल्ला दैवि प्रकोप उद्धार समिति वर्दियाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्रराईले वाढी प्रभावितको उद्धार तथा राहत वितरणमा रेडक्रसले ठुलो सहयोग पु¥याएको वताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले वर्दिया जिल्लाका लागि प्रति थान ७ हजार वरावर पर्ने १००० थान गैह खाद्य सामाग्री र सरसफाइ सामाग्री वितरणको लागि सहयोग गरेको छ ।
रेडक्रसका उपाध्यक्ष अजित कुमार शर्माले तत्कालै राहत सहयोग गर्ने कुरामा रेडक्रस सधै सकारात्मक रहेको र सहयोग जारी राखेको जानकारी दिनुहुदै आवास निमाण, सरसफाइ तथा स्वास्थ्यको क्षेत्रमा समेत सहयोग गर्ने वताउनु भयो । त्यसै गरि कोषाध्यक्ष देवेन्द्र वहादुर प्रधानले राहत प्रतिकार्य तथा प्रतिकार्यमा रेडक्रस सदै कृयाशिल रहने वताउनुभयो ।कार्यक्रममा रेडक्रस वाकेका सभापति गोवर्धन सिह सम्झनाले वर्दिया जिल्लाले विपद् प्रतिकार्यमा खेलेको भुमिका प्रशासायोग्य भएको वताउनु भयो ।
यसैगरि जिल्ला शाखामा आयोजित अन्र्तक्रियामा वर्दिया जिल्लामा वाढी पछि रेडक्रसले गरेको खोज तथा उद्धार तथा प्रतिकार्य र समग्र अवस्थाको वारेमा शाखा सभापति कृष्ण प्रसाद गौतमले जानकारी गराउनु भएको थियो ।