मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगंज वडा नं. २ मा आगलागी
  • मार्गरेखा संवाददाता

  • नेपालगंज वडा नं. २ घरवारी टोल स्थित डि. आर ईन्टरप्राईजेज एण्ड सप्लायर्स झोला पसलमा आगलागी भएको छ ।

    गएराती ११ बजे दुर्गा प्रसाद दर्लामी संचालक रहेको झोला पसलमा आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको सम्पुर्ण सामानहरु जलेर नष्ट भएका छन् । राती ११ बजे भएको आगलागीलाई नियन्त्रणमा लिन १ घण्टा लागेको थियो ।

    आगो लागेको खबर पाउनासाथ वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालय, नेपालगन्जका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको सामानहरु जलेर नष्ट भएका छन् । बिद्युतको लाईन शर्ट सर्किट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

  • १८ भाद्र २०७४, आईतवार २०:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित