मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

थारु पत्रकारहरुको कलममा ठुलो जिमेवारी आएको उपमेयर संन्जु चौधरी
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भाद्र १८ गते । कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरीले थारु समुदायको लागि आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि थारु पत्रकारहरुको कलममा ठुलो जिमेवारी आएको बताउदै संस्कृति पहिचान बचाउन पनि थारु पत्रकारको भुमिका अहम रहेको चर्चा गर्नुभयो । थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा उद्घाटन समाहोहलाई आइतबार नेपालगञ्जमा सम्बोधन गदै बताए ।
    उपमेयर चौधरीले थारु पत्रकारहरुलाई शसक्त बनाउन थारु समुदायले हौसला प्रदान गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोश्रो बार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमको खाँचो रहेको । थारु पत्रकारलाई पेशामा टिकाइ रहन उनीहरुलाई हौसलाको खाँचो रहेको बताए

    नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले थारु पत्रकारले थारु समुदायको मौलिक झल्कने जस्ता सह्रानिय कार्य गर्दै आएका बताए

    नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले थारु पत्रकारलाई टिकाउन र विकाउन थारु पत्रकार संघको ठुलो भुमिका रहने चर्चा गर्नुभयो । संघका बाँके अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार, विश्वराज पछल्डङग्या, कृष्ण चौधरी, सोम डेमनडौरा, प्रेस चौतारी नेपाल बाँके शाखाका सचिव कमल डाँगी, प्रेस क्लव अफ नेपालका जिल्ला अध्यक्ष सावित्रि गिरी, कृषी पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, मिडिया नेपालका जिल्ला अध्यक्ष हेमन्त चौधरी, थारु कल्याणकारी सभाका जिल्ला सभापति गणेश चौधरी, थारु अधिकारकर्मी चन्द्रबहादुर चौधरी, डव्लुडव्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेललगायतले बोल्नुभएको थियो

  • १८ भाद्र २०७४, आईतवार २१:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित