मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका माछाव्यवासायी किसानहरु एक जुट
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, भाद्र १९ । विभिन्न समस्याहरुबाट कठिनाई भोगीरहेका बर्दियाका माछा व्यावसायलाई एकत्रित गर्नका लागी बर्दियाका माछा व्यवासायी किसान एक जुट भएका छन । करिव ७ सय हेक्टर क्षेत्रमा व्यावसाय गरिरहेका बर्दियामा छरिएका माछा व्यावसायीहरुको समस्याहरु समाधानका गर्नका लागी प्रथम अधिवेशनबाट कार्य समिति चयन समेत गरेका छन् ।
    माछा व्यावसायमा देखिने समस्याहरुलाई समाधानमा एक ढिक्का भएर अगाडी बढ्न जरुरी देखेर हामीले नेपाल मत्स्य व्यावसायी संघ बर्दिया गठन गर्नु परेको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष चुनिएका गणेश शर्मा लम्सालले बताए ।
    मत्स्य व्यावसायी संघ गठन पछि बर्दियाका माछा व्यावसायीले भारतिय माछाको आयातका कारण बिभिन्न समस्या भोगिरहेको एक माछा व्यावसायी किसान जीवन शाहीले बताए । उनले आउदादिनमा किसानहरुले भोगिरहेको समस्याबाट समाधान समेत हुनको लागि एउटा फोरममा आवद्ध हुनपाएको खुशी व्यक्त गरे ।
    बर्दियामा दशकौ देखि माछा व्यावसाय गरिरहेका हाल संगठन हुदा समस्या र गुनासो सम्न्धित निकाएमा पुर्याउन समेत सहज हुने किसानहरुको भनाई छ । बर्दियामा २ सय भन्दा बढी माछा व्यावसायी रहेका छन । माछा व्यावसायमा बाढि, राम्रा भुराहरु, कृषिबाट हुने सहयोगका समस्या देखिएको छ ।
    प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश शर्मा लम्साल, उपाध्यक्षमा दीपक लाल श्रेष्ठ, सचिव लक्ष्मी प्रसाद थारु, सह सचिवमा तेजेश्वर थारु, कोषाध्यक्षमा खुसीराम थारु छन भने सदस्यहरुमा क्रमश जीत बहादुर चौधरी, टेक बहादुर ओली, विर बहादुर कुस्मा, राजेन्द्र शर्मा, बेद प्रकाश अधिकारी र अविष्कार भट्टराई रहेका छन् ।

  • १९ भाद्र २०७४, सोमबार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित