मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ईदमा ५ हजार घरपरिवारलाई मासु वितरण
  • मार्गरेखा संवाददाता

  •  

    मुस्लिम समुदायको दोश्रो ठुलो महान पर्व बक्रइदको पावन अवसरमा इस्लामी संघ नेपालले ५ हजार घरपरिवारलाई मासु वितरण गरेको छ ।
    इस्लामी संघ नेपालले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि मुस्लिम समुदायको महानपर्वमा ५ हजार घरधुरीलाई ५ केजीको दरले मासु वितरण गरेको जनाएको छ ।

    ५ केजीका दरले २५ हजार केजी ५ हजार घरधुरीलाई वितरण गरेको पत्रकार सम्मेलनमा इस्लामी संघ नेपालका भेरी अञ्चल अध्यक्ष औवैदुरहमान खानले बताउनुभयो । चार्डपर्वका दिन सभ्य र भव्य तरिकाले मनाउनुपर्ने मान्यतालाई मध्यनजर गर्दै ५ स्थानमा सेन्टर संचालन गरि मासु वितरण गरिएको उहाँले बताउनुभयो । गरिव, असहाय, अपाङग, अनाथ, विधुवा जस्ता परिवारलाई लक्षित गरि बाँकेको रनियापुर, भज्जुपुर्वा, लालपुर्वा, जयसपुर र नेपालगन्जको रानी तलाउ नजिकै रहेको आईडल पव्लीक स्कूलमा सेन्टर बनाएर मासु वितरण गरेको अध्यक्ष खानले बताउनुभयो ।

    इस्लामी संघले हरेक बर्ष मुस्लिमहरुको महान चार्ड पर्वमा यस्तो खाले कार्य गर्दै आएको छ । संघले मुस्लिम समुदायको शिक्षादिक्षा , रोजगार, भौतिक, आर्थिक, सामाजिक सुधार, सिपमुलक शिक्षामा ३० बर्षदेखि कार्य गदै आएको इस्लामी संघ नेपालले जनाएको छ ।

  • २० भाद्र २०७४, मंगलवार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित