नेपालगन्ज उपमहानगरपालिकाका ३ ठाउँमा आपुर्ति राज्य मन्त्री कर्ण बहादुर विकले अनुगमन गर्नुभएको छ । नेपालगन्जको साल्ट टेडिङ, नेपाल खाद्य संस्थान र डिके मिट सप्लायर्समा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धम्बोझी स्थित डिके मिट सप्लायर्समा नाप तौल विभागको स्टिकर नरहेको तराजु पाईएको छ । नापतौलले दिएको स्टिकर नभएकोले अवैध ठहरिएको कारण तराजु नियन्त्रणमा लिएको नाप तौल कार्यालय नेपालगन्जका प्रमुख सम्भु कुमार झाले बताउनुभयो ।
“३ दिनमा कार्यालयमा प्रमाणसहित उपस्थितिको लागि बोलाएको छौ” झाले भने, “३ दिनभित्र नआएमा कानुन अनुसार कारवाही अगाडी बढाउँछौं ।” कोल्ड स्टोरमा राखेको मासुमा पनि झीगा भन्कीएको हुनाले त्यसको सुधारको लागि निर्देशन दिईएको छ । यस्तै साल्ट ट्रेडिङमा भौतिक संरचना सुधारेर कार्य गर्न निर्देशन दिनुभएको छ ।
परम्परावादी सोचलाई अन्त्य गरि यसलाई आधुनिक हिसावले लैजान भौतिक संरचना सुधारेर कार्य गर्न निर्देशन दिनुभएको छ । साल्ट टेडिङमा ३२ जना कामदार रहेका छन् । १ जनाले एक दिनमा २५ बोरा नुन प्याकिङ गर्नुपर्ने संचालक समितिले बताएको छ ।
यस्तै खाद्य संस्थानमा अनुगमन गर्दा पहाडी क्षेत्रमा बढि भन्दा बढि खाद्य सप्लाई गर्न आपुती मन्त्री विकले बताउनुभयो । हुम्लामा खाद्य आभाव भैरहेको हुनाले बढि प्रथामिकतामा राखेर हुम्ला खाद्य पठाउन निर्देशन दिनुभएको छ । उहाँले चाडपर्वमा हुने कालोबजारी
र महंगी नियन्त्रणका लागि प्रभावकारी ढंगले अनुगमन गर्न संयुक्त बजार अनुगमन समितिलाई निर्देशन दिनुभएको छ ।
अनुगमनअघि सरकारी कार्यालयका प्रमुखहरुसँग आज नेपालगन्जमा भएको छलफल कार्यक्रममा राज्यमन्त्री विश्वकर्माले चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन दिनुभयो । त्यसक्रममा उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले अनुगमन मौसमीमात्र हुने गरेको भन्दै त्यसतर्फ राज्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । राज्यमन्त्री विश्वकर्माले देशभरमै नेपालगन्ज र धनगढि बढि कालोवजारी हुने वजारका रुपमा रहेको भन्दै दुःख समेत ब्यक्त गर्नुभएको थियो ।