दुर्गा आचार्य
बर्दिया, भाद्र २१ । बर्दियाका बाढिपिडीतका लागि वितरण गरिएको राहतमा अनिमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यलय बर्दियामा स्थानीयले उजुरी दिएका छन् । गुलरिया नगरपालिका वडानं—९ का बाढिपिडीतलाई प्रती घरपरिवारलाई १०किलो चामल दिई ३० किलोमा भरपाई गराएपछि छानविनको माग राख्दै वडा नम्वर —९का बाढिपिडीतले उजुरी दिएका हुन् । दाताले दिएको राहतमा खुलेयाम अनियमितता भएपछि वडानम्वर —९का स्थानीय महाविर गोडिया,लछुमन कामी र महाविर गोडियाले उजुरी दिन वाध्य भएको वताएका छन् ।