मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म गरिने सोह्श्राद्ध सुरु
  • मार्गरेखा संवाददाता

  • आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्श्राद्ध आजदेखि सुरु भएको छ ।
    प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना मातापिताको निधन भएको हो, सोही दिन सोह्श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
    ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्श्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

  • २१ भाद्र २०७४, बुधबार १४:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित