नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म किर्तीपुरमा हुने भएको छ ।
नयाँ शक्ति विद्यार्थी युनियनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ३ बुँदे सम्मेलनसम्बन्धि निर्णय, ५ बुँदे शैक्षिक निर्णय र ७ बुँदे समसामयिक निर्णय केन्द्रिय समितिद्धारा पास गरेसँगै प्रथम सम्मेलनको मिति सार्वजनिक गरेको हो ।
१० देखि १२ हजार सदस्यको सहभागितामा सम्पन्न हुने आँकलन गरिएको उक्त महाधिवेशनले विधार्थीहरूको हकहित र जनजिविकासँग जोडिएका संवेदनशील पक्षलाई उठाउने जानकारी दिईएको छ ।
संगठनका अध्यक्ष रमेश कुमार महतोले सरकारी तलव खाने कुनै पनि निकायमा दलीय संघ–संस्था खारेज गर्नुपर्ने बताए । अध्यक्ष महतोले मुख्य विद्यार्थी संगठनहरु विद्यार्थीको हितको नाममा आर्थिक प्रलोभनमा परेको आरोप लगाए ।
शुल्क बृद्धिका माग अघि सार्ने र अन्त्यमा प्याव्सन र एन–प्याव्सनसाग मिलेर पैसा खाने कारणले विद्यार्थीका समस्या जस्ताको त्यस्तै रहेको उनको भनाई छ ।