मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जुम्लाको शिक्षण अस्पतालमा अक्सीजन अभाव
  • मार्गरेखा संवाददाता

  • जुम्ला/ कर्णाली राजमार्ग अन्र्तगतपर्ने दहि खोलामा गत सातादेखि सुख्खा पहिरो गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सीजन अभाव भएको छ ।
    अक्सीजन ल्याएका सवारी साधन पहिरो गएको स्थान दहिखोलामै थन्किएपछि अस्पतालमा अक्सीजन अभाव देखिएको हो ।
    अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनु परेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । उनले विरामीको चाप बढ्दै गएको बेला पहिरोले अक्सीजन सिलिण्डर वाटोमै रोकिएको बताए। मगाइएका सबै सिलिण्डर दहि खोलाभन्दा अघि बढेका छैनन् । यहाँ स्टक भएका अक्सिजनमा मात्र दुई वटा बाँकी छन उनले भने, दुई वटा सिलिण्डर सकिएपछि अस्पतालमा आउने जस्तोसुकै विरामीलाई उपचार गर्न संभव नहुने अस्पतालले जनाएको छ । उनका अनुसार दुईरचार दिनभित्र अक्सिजन नआएमा बिरामी जिल्ला बाहिर पठाउनुपर्ने अवस्था अवस्था आउने संकेत मेडिकल डाईरेक्टर रोकायाले गरे।

  • २१ भाद्र २०७४, बुधबार १५:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित